राउटे समुदायका महिलाहरुका लागि कम उमेरमै विवाह गर्नुपर्ने बाध्यता - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

राउटे समुदायका महिलाहरुका लागि कम उमेरमै विवाह गर्नुपर्ने बाध्यता



हिमाल पोष्ट / ३० मंसिर, काठमाडौं । अछाम जिल्लाको नाडा गाविस ८ कोल्लीमोरस्थित कणर्ाली किनारमा लोपोन्मुख राउटे बस्ती छ ।

त्यहाँका झुपडीमा १४९ राउटे अस्थाई रुपमा बसोबास गर्दै आएका छन् । उनीहरुमध्ये ९७ पुरुष र ५७ महिला छन् ।

महिलामध्ये ३६ जना १६ देखि २० बर्ष उमेरसमूहका छन् । तर उनीहरु सबै एक या दुई सन्तानका आमा बनिसकेका छन् ।

जनसंख्या व्यवस्थापनमा खासै चासो नराख्ने राउटे समुदायका महिलाहरुका लागि कम उमेरमै विवाह गर्नुपर्ने बाध्यता परम्पराजस्तै बनिसकेको आजको राजधानी दैनिकले समाचार प्रकाशित गरेको छ ।