रवि लामिछानले श्रीमती निकिता पौडेलसँग मागे माफी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रवि लामिछानले श्रीमती निकिता पौडेलसँग मागे माफी



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले श्रीमती निकिता पौडेलसँग माफी मागेका छन् । राजनीतिक घटनाक्रमलाई लिएर बिनाकारण निकितामाथि सामाजिक सञ्जालबाट आक्रमण भएको भन्द्यै सभापति लामिछानेले उनीसँग माफी मागेका हुन् ।

बुधबार राति सामाजिक सञ्जालमार्फत रविले बिनाआधार कायरतापूर्वक गरिएइको आक्रमणको हिसाब राखेको भन्दै निराधार समाचार र पोस्टहरू नहाटाए कडा कानुनी प्रक्रियामा जाने चेतावनीसमेत दिएका छन् ।

उनले घेराबन्दी तोडेर विजयी हुने विश्वास लिएका छन् । आफैमा योग्य र सक्षम महिलामाथि निराधार आक्रमण भएको भन्दै उनले माफी मागेका छन् ।

‘एक आफैँमा योग्य, सक्षम महिला जसलाई आफ्नो श्रीमानको प्रगतिबाहेक राजनीतिमा केही लिनु दिनु छैन, कायरहरू उसमाथि खनिएका छन् । बिनाआधार, बिनाप्रमाण कायरतापूर्वक गरिएको आक्रमणको हिसाब राखेका छौँ । निराधार राखिएका समाचार र पोस्टहरू नहटाए कडा कानुनी प्रक्रियामा जान्छौँ’, रविले श्रीमतीलाई सम्बोधन गर्दै अगाडि भनेका छन्, ‘प्रिय निकिता बिनाकारण तिमीले सहनु परेको बदनामी र तनावप्रति कायरहरूको तर्फबाट म क्षमा चाहन्छु । न पिर गर, हामी यो घेराबन्दी तोड्नेछौँ, हामी जित्नेछौँ ।’