रवीले भने- मैले जति दुःख पाएँ, तपाईँलाई त्यस्तो दुःख नदिने मुलुक बनाउँछु - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

रवीले भने- मैले जति दुःख पाएँ, तपाईँलाई त्यस्तो दुःख नदिने मुलुक बनाउँछु



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार रवि लामिछानेले नेपालमै केही गर्छु भनेर विदेशबाट फर्कंदा आफूले निकै दुःख पाएको बताएका छन् ।

तर, अब विदेशबाट फर्कनेहरूले आफूले जस्तै गरी दुःख पाउनु नपर्ने मुलुक बनाउने उनको उद्घोष थियो । उनले विदेशबाट नेपालमै केही गर्छु भनेर फर्कनेहरूलाई आफैँले स्वागत गर्ने उनको भनाइ थियो ।

सुरक्षाकर्मीहरूले भ्रष्टहरूलाई सलाम गर्नु नपर्ने मुलुक बनाउने उनको भनाइ थियो । उनले पैसाको खोलो बगाएर मतदातालाई प्रभावित गर्ने काम नगर्न चेतावनी दिए ।

‘अब केही बेरमा मौन अवधि सुरु हुन लागेको छ,’ रविले भने, ‘मौन अवधिमा मुखमा टेप लगाउनुस्, गोजीमा टेप लगाउनुस् ।’