राबाडा आईपिएल नखेल्ने, दिल्लीलाई झट्का - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

राबाडा आईपिएल नखेल्ने, दिल्लीलाई झट्का



इन्डियन प्रिमियर लिग आईपिएल आजदेखि सुरु हुँदैछ । तर प्रतियोगिता मुखैमा आउँदा दिल्लीलाई भने ठुलो झट्का लागेको छ ।

दक्षिण अफ्रिकी बलर कागियो राबाडा चोटका कारण आईपिएल गुमाउने भएका छन ।

टेष्ट बरियतामा शिर्ष स्थानमा रहेका राबाडाको कम्मरमा समस्या आएपछि आईपिएलबाट बाहिर भएका हुन ।

उनले कम्तिमा तीन महिना आराम गर्नुपर्ने भएको छ । राबाडा आउट भएपछि दिल्लीका लागि तिब्र गतिका बलिङमा केहि धक्का लागेको छ ।

चार दशमलव दुई करोड भारतीए रुपैयामा अनुबन्ध भएका २२ बर्षे राबाडा अष्ट्रेलिया विरुद्धको अन्तिम टेष्टमा कम्मरमा असहज महसुर गरेका थिए ।

पछि डाक्टरलाई देखाउदा उनको कम्मरमा चोट लागेको देखाएको थियो ।