धनगढी पुगेर रावलले कार्तकर्तालाई भने: ओलीसँग बस्न सकिएला जस्तो छैन - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

धनगढी पुगेर रावलले कार्तकर्तालाई भने: ओलीसँग बस्न सकिएला जस्तो छैन



काठमाडौँ- नेकपा एमाले छोड्ने तयारी गरिरहेका नेता भीम रावल धनगढी पुगेर आफूनिकट नेता कार्यकर्तासँग छलफल गरिरहेका छन् । एमाले विभाजन भएपछि १० बुँदे कार्यान्वयन नगर्ने अध्यक्ष केपेव शर्मा ओलीले अडान लिएपछि संकट्मा परेका उपाध्यक्ष रावल सुदूरपश्चिम पुगेका हुन् ।

उनलाई विमानस्थलमा त्यहाँका कार्यकर्ताहरुले भव्य स्वागत गर्दै पार्टी कार्यालय पुर्याएका छन् । उनले आफू निकटका कार्यकर्तालाई एमालेमै बस्ने कि छोड्ने भन्ने विषयमा सोधेको बुझिएको छ । सुदूरपश्चिम प्रदेशको इन्चार्ज पद एमलेका नेता लेखराज भट्टलाई दिने ओलीले निर्णय गरेपछि दवावमा परेका रावलले के गर्ने भन्ने विषयमा कार्यकर्तासँग यस्तो छलफल गर्न लागेका हुन् ।

पार्टी कार्यालय पुगेका रावल अहिले नेताहरुसँग छलफलमा व्यस्त देखिएका छन् । एमाले सुदूरपश्चिमको इन्चार्जका विषयमा विवाद भएपछि उनी त्यहाँ पुगेका छन् । एमालेका अध्यक्ष ओलीसँग कुरा नमिलेपछि पार्टी छाड्ने मूडमा पुगेका रावलले त्यहाँका नेताहरुसँग पार्टी छाड्ने या नछाड्ने भन्ने विषयमा छलफल गरिरहेको एक नेताले जानकारी दिए ।

छलफलमा सहभागी एक नेताले रावल एमाले छोड्ने मूडमा रहेको बताए । रावलको भनाइ उदृत गर्दै उनले भने – ओलीले दस बुँदे कार्यान्वयन नगरेपछि हामीलाई अप्ठेरो परेको छ । तपाईहरूले सल्लाह दिनुपर्यो, एमाले छोडौं कि नछोडौं भनेर ।

ओलीले सुदुरपश्चिमको इञ्चार्जमा पूर्व माओवादीका नेता भट्टलाई नै निरन्तरता दिएपछि ओलीसँग असन्तुष्ट रहेका रावलले १० बुँदेलाई अक्षरस पालना गर्नुपर्ने भन्दै दवाव दिएका छन् । तर, उनले पार्टी फुटाउने विषय कुनै व्यक्तिको स्वार्थबाट केन्द्रित भएको पनि उल्लेख गरे ।

आफूहरूले अझै विचार गरेर अघि बढ्न सुझाएको ती नेताको भनाइ छ ।