भीम रावलको गृहजिल्लामा एमाले धेरै पछाडी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भीम रावलको गृहजिल्लामा एमाले धेरै पछाडी



एमाले नेता भीम रावलको गृहजिल्ला अछामका दुईवटै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनको अग्रता छ।

क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर ६ हजार ४८१ मतसहित अगाडि छन्।

उनलाई पछ्याइरहेका नेकपा एमालेका झपट बोहराले ४ हजार १८५ मत प्राप्त गरेका छन्।

क्षेत्र नम्बर २ प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका पुष्पबहादुर शाह ५ हजार ४२० मतसहित अगाडि छन्।

९ हजार ६३६ मत गणना हुँदा शाहका प्रतिस्पर्धी नेकपा एमालेका यज्ञबहादुर बोगटीले ३ हजार ६३८ मत प्राप्त गरेका छन्।

एमाले अध्यक्ष ओलीले रावललाई टिकट नदिएपछि अछाम एमालेमा समस्या उत्पन्न भएको थियो ।