महाधिवेशनको मुखमा भीम रावलले राखे फरक मत - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

महाधिवेशनको मुखमा भीम रावलले राखे फरक मत



काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले कैलाली क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि छनोटको प्रक्रियामा असन्तुष्टि जनाउँदै स्थायी कमिटी बैठकमा फरक मत राखेका छन् । मंगलबारको स्थायी कमिटी बैठकमा उपाध्यक्ष रावलले कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधि छनोट प्रक्रिया स्वेच्छाचारी किसिमको भएको भन्दै फरक मत राखेका हुन् ।

उनले प्रतिनिधि छनोट बदर गर्न माग गर्दै १,२२३ जना पार्टी सदस्यले हस्ताक्षर गरी संगठन विभागमा निवेदन दिए पनि सुनुवाइ नभएको बताएका छन् ।

यस्तो छ रावलको फरक मत

सुदूरपश्चिम प्रदेश कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर दुईमा प्रतिनिधि चयनको प्रक्रिया पार्टी निर्णय र विधि अवलम्बन नगरी सहमति वा निर्वाचन नगरी स्वेच्छाचारी किसिमको प्रतिनिधिको नाम पठाइएको प्रति विरोध जनाई १२२३ पार्टी सदस्यहरुले हस्ताक्षर गरी उक्त प्रकारको अनियमित कार्य कदर गरी विधिवत निर्वाचन गराउनका लागि संगठन विभागमा लिखित निवेदन दिएको तथा मैले उक्त प्रकारको गलत कार्य हुन नदिन समयमै पार्टी अध्यक्ष र संगठन विभाग प्रमुखको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ भएको र यस्तो अनियमित र गलत कार्य बदर गरी विधिसम्मत प्रतिनिधि चयन गर्न गरेको प्रस्ताव अमान्य गर्ने निर्णयप्रति मेरो फरक मत दर्ज गर्दछु ।