भीम रावल एमालेबाट चुनाव लड्न नपाउने, ओलीले खोसे टिकट - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भीम रावल एमालेबाट चुनाव लड्न नपाउने, ओलीले खोसे टिकट



काठमाडौं- आफ्नो क्षेत्रमा लगातार चुनाव जितेका नेकपा एमालेका नेता भीम रावलले टिकट नपाउने भएका छन् ।

एमालेले अछाम–१ बाट झपट बोहोरालाई टिकट दिएको स्रोतले जनाएको छ । रावलले एमालेबाट टिकट नपाउने चर्चा चलिरहेका बेला पार्टीले बोहरालाई टिकट दिने निर्णय गरेको बताइएको छ ।

एमाले स्रोतका अनुसार झपट बोहोराको नाम फाइनल भएको बताइएको छ । बोहरा नेकपा माओवादी केन्द्र छोडेर एमाले आएका नेता हुन् ।

अहिले बोहोरा एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्ज छन् । अध्यक्ष केपी शर्मा ओलीले तिनै बोहोरालाई उम्मेदवार बनाउने निर्णय सुनाएको बुझिएको छ ।

अछाम जिल्ला कमिटीले भने भीम रावललाई सर्वसहमत एकल सिफारिस गरेको थियो । दशबुँदे गरी एमालेमै बसेका रावल पूर्व उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री हुन् ।