रेखा थापाले गरिन कोर्ट म्यारिज, को हुन् उनका श्रीमान शाही ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रेखा थापाले गरिन कोर्ट म्यारिज, को हुन् उनका श्रीमान शाही ?



अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन् । उनले अमेरिका बस्दै आएका बलराम शाहीसँग केही दिनअघि कोर्ट म्यारिज गरेको स्रोतले बताएको छ ।

नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री रेखा थापाको यो दोस्रो विवाह हो । यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक सम्बन्ध सम्बन्ध विच्छेदमा टुंगिएको थियो । रेखा र शाही लामो समयदेखि प्रेम सम्बन्धमा थिए । प्रेमको चर्चा चलेपनि रेखाले आगामी वैशाखमा मात्रै विवाह गर्ने बताउँदै आएकी थिइन् ।

उनीहरुले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेको बताइएको छ । २०५६ सालमा चलचित्र ‘हिरो’बाट डेब्यु गरेकी रेखाले एकदशकसम्म चलचित्र क्षेत्रमा राज गरिन् । हाल भने उनी चलचित्रभन्दा राजनीतिमा बढी सक्रिय देखिन्छिन् ।