रेस्टुरा कि काली १ « Himal Post | Online News Revolution
Logo

रेस्टुरा कि काली १



हरि थापा 

हेल्लो दाइ नमस्कार!विशेष काम परेर हजुरलाई कल गरेको!ए होर’ त्यस्तो ईमेरजेन्सी के पर्‍यो भाइ! उहाँ अत्तालिएर सोध्नु भयो। ईमेरजेन्सी त हैन दाइ एक छिन बाहिर जान पर्ने भयो, बसको ठेगान छैन कुन बेला पुग्ने,मलाई सितापाईला सम्म छाडि दिनु हुन्छ कि दाइ भनेर हजुरलाई सम्झेको, हुन्छ म निस्कन्छु तिमि तयार होैँ ।

दाइले मेरो रिक्वईस्ट सायद कहिल्यै नाई भन्नुहुन्न मलाई विश्वास थियो।उहाँ केही छिनमै मेरो कोठा अाईपुग्नु भयो। म तयारी अवस्थामा थिए।

मिलन दाइले बाईक तुफान हुईक्याउदै थिए, हरि भाइ फोन आयो, फोन उठाउँ त मैले उसको एडिड्स ज्याकेटको दायाँ खल्तिबाट मोबाइल निकाले कल रिसिभ गरे हेल्लो मात्र भनेको थिए कोलाहल वातावरण गाडीका हर्नहरु टाई, टाई र टि,टि उहाँले त के बुझ्नु भयो होला?उतै बाट एकोहोरो बोलीरहनु भयो मेरो लागि त्यो स्वर नयाँ थिएन अफिसकै हाकिम साब’ को फोन थियो।

‘साझ सात बजे कालीको रेष्टुरामा आउनु है मिलनजी, हरि भाइलाई पनि खबर गर्नु ‘उहाँले म हरि भन्ने कुरा पनि थाहाँ पाउनु भएन, मिलन दाइले सोध्नु भयो कसको फोन हरि भाइ? हाकिमको ‘साब’को ए,के भन्नु भयो ? हाकिमले आज फेरि पाटी राख्नु भएको छ अरे! हरिलाई पनि खबर गर्नु भन्नु भएको छ,उहाँ एक छिन मज्जाले हाँस्नु भयो।

हामी लगभग सँगै हुन्छोै भन्ने कुरा हाकिमलाई थाँहा हुन्थ्यो। तर त्यो दिन मेरो अफिस छुट्टी भएको कारण मैले फोन उठाए भन्ने कुरा पत्तो पाउनु भएन।
यस भन्दा अगाडी पनि कयोै पटक मैले उहाँको कल रिसिभ गरेको थिए, हरेक कुरा छोटोमा गर्ने हाम्रो हाकिमको बानी नै थियो यस भन्दा अगाडी पनि गोप्य कुरा पनि सुनिसकेको थिए
मिलन दाइको एक मात्र विश्वास पात्र सायद म मात्र थिए होला।

जब सितापाईलामा केही छिनको बसाई पश्चात् हामी फर्कियोैँ बाटो जाम धुवाधुलो, सास फेर्न पनि मुस्किल डबल मास्क लगाएर कुईरीमण्डल धुलोलाई छिच्चोल्दै हामी बल्ल तल्त आफ्नै कोठा अाईपुग्योै!अनि धुवाधुलोले कपडा मैलो भएको थियो कपडा चेन्ज गरे अनि फेसवास गरेर हामी कालीको रेष्टुरा तर्फ लाग्योैँ ।

मलाई पनि रेष्टुराको काली भेट्न मन नलागेको हैन म सधैँ दाईहरुको पछि लागेर जान्छु त्यसैले एक बचन बोल्ने हिम्मत पनि गरिन् त्यो अवसर कहिल्यै जुटेन, उ सिम्पल छे, थाहाँ छैन मलाई उसको घर कत्ता हो तिन चार पटक देखादेख भइसकेको थियो मात्र दाईहरुको अगाडी बोल्ने साहस जुटाउन सकेको थिइन तर हेर्न मात्र पाए पनि मन हल्का हुन्थ्यो थप ऊर्जा मिल्थ्यो,यति नै काफि लाग्थ्यो।

कतिपय सुन्दर चिजहरु यस्ता हुन्छन् जसलाई टाढाँ बाट नियाल्दा पनि प्रिय लाग्छन र आत्मा सन्तुष्टि मिल्छ, आकाशको जुन कै कुरा गर्ने हो भने पनि रातमा त्यस भित्र हजारोैँ तस्बिर देख्न पाइन्छ जुनलाई हेरिरहनुको पनि छुट्टै मज्जा छ।बहकिरहने मनलाई स्थिर राख्ने बडो गजबको उपाए हो।

खै! किन हो कुन्नि मलाई आज छिटै रेष्टुराको काली लाई देख्न मन लागेको थियो तर मिलन दाइलाई सुईको पनि दिइन् कुरा मनमनै उकुसमुकुस हुँदै थियो कल्पदा कल्पिदै हामी अाईसकेछोैँ बाटो सरेको पनि पत्तो भएन।

सात बज्नै लागि सकेको थियो, हामी कालीको रेष्टुरामा पुग्योै दारु कार्यक्रम सुरुभई सकेको रहेछ, नमस्कार दाइ , मैले हाकिमलाई सम्बोधन गर्दै उभिराखे हाकिमले मलाई बस्न सङ्केत गर्नुभयो।म मिलन दाइको छेउमा बसे,माहोल सदाको भन्दा फरक थियो ।

केही छिनमै वेटर सोध्न अायोे चिकेन म:म एक प्लेट अनि स्प्राईट,दाईहरुले अक्रामबक्राम,खान हुने जति सबै मागे हार्डड्रिङ्कस अनि सिटान,अर्डर गर्नु भयो। रेष्टुराको काली हाम्रै वरिपरि घुमिरहन्थी, हामी त्यो रेष्टुरामा यो पाचोैँ पटक भइसकेको थियो।मलाई यो काली सँग कसरी बोल्नु भा’को थियो लगभग हाम्रो उमेर उस्तै हुँदो हो।फेरि हेर्दा पनि म ह्याण्डसम थिए,भर्खर प्लस टु जोईन गरेको थिए म पनि कम्ताको थिइन।कुरा गर्ने माहोल मिलेन आँट आएन ।भित्र भित्रै मुर्छा पर्दै समालिदै बसे…

यो झोकमा एउटा रोएल स्टेग हान्दिम झैँ’ नलागेको हैन तर कहिल्यै चाखेको पनि छैन
हैट! बदनाम नै हुन्छ ।होस धड्कनले गति छाडिसकेको थियो,जे पर्ला बोल्दिम झैँ लाग्यो एस्क्युजमी!उनी अाईन,स्प्राईट एउटा,उनी जान लागेको थिइन प्लिज तपाईँको नाम,अावेगमा यति सोध्न भ्याए दायाँ बायाँ हेरे दाईहरु मस्त थिए उहाँहरूलाई ह्विस्कीले भ्याईसकेको थियो सानो भोलुममा मरिना के सी थ्याङ्कस् गड मुसुक्क हाँस्दै उनी भित्र गईन ।यति जोड्ले एस् भन्न मन लागेको थियो।

आज भने मेरो चान्स थियो नछोड केटा,दाईहरु झ्याप भएर काईदा भयो मनमनै सोचे, आज भने मेरै दिन रहेछ,यदि दाईहरु फिटान नभएको भा’आज पनि एक बचन बोल्न पाउने थिइन् संयोग मिलेकै हो यसमा दुई मत थिएन।

पसिनाले ज्यान लुथ्रुकै भिजेछ अहो! काली त आगो रैछिन,एक मिनेट बोल्दा नै मेरो यतिविधी पसिना छुटाउने,हट मात्र हैन महाहट रैछिन, एकै छिनमा जिउ सिताङ्ग भयो।ज्यान पुरै फुर्तिलो राती भए पनि दोैडिन मन लागेको थियो तर त्यसै के दोैडिने मन बेस्सरी बाधेर राखे अब मलाई काली सँग कुरा गर्ने बाटो खुलिसकेको थियो।कुनै पनि बेला अब बोलाएर कुरा गर्ने साहस अाईसकेको थियो।

काली पनि हामी अर्थात् दाईहरु सँग परिचित भईसकेकि थिई मिलन दाइ मायूर थिए केटी भनेपछि काठमाण्डोैको मान्छे पोखरा भन्दैनथे्
पहिले पहिले तिन जना दाईहरुको अगाडी उनीहरूको कुरा सुनेर मुसुक्क हाँस्दै लज्जाउनु र मुन्टो भुईतिर फर्काउनु बाहेक केही बहस गर्ने सामर्थ्य हुदैनथ्यो, त्यो दिन दाईहरु फिलिलि स्थितिमा पुगिसक्नु भएको थियो। कालीको मुस्कानमा लठ्ठ पर्दै दाईहरु कल्पनामा डुब्दै कालीसंग अर्कै संसारमा हराउदै थिए।

मिलन दाइको कुरा छाडोैँ उहाँ त झन् काली मलाई चाँहियो भन्न लाग्नु भा’को थियो अनि दुईजना दाइ पनि,अनि एउटा काली कति जनाले ताकेका हुन मलाई भने असह्य भएर अाउथ्यो ।

पेरि न उमेर मिल्छ किन यति मरेहत्य गर्छन् ।उनीहरू झ्याप भएको मोैकामा मैले पनि काली सँग आँखा जुधाएर कुरा गर्ने मोैका पाए हजुर यो रेष्टुरेन्ट को मालिक हो? पटक पटक जाँदा पनि मैले ठम्याउन सकेको थिइन।

कालीलाई यस्ता कुरामा कुनै फिकर थिएन उनी पाइला पाइलामा ठक्कर खादै यहाँ सम्म आएकी रहिछन, हरेक कुरा सहजै लिने शालीन स्वभावकी काली नामले मात्र काली हुन सुन्दरताको कुरा खोतल्ने हो भने यतिविध्न प्रकृतिक सुन्दरता सबैमा कम हुन्छ।

उसको सिधा जवाफ आयो ।हैन अनि किन त तपाईँको नाम छ त त्यो त ग्राहक अनि साँहुले माया गरेर राखिदिएको नाम हो मेरो नाम त अगिनै हजुरलाई भनिसके त यति छिटै बिर्सनु भयो कि के हो?हैन सम्झिराखेको छु ।मरिना है!साईड मारेर नचाँहदा पनि आँखाले इसारा गरिन, म पनि एकछिनमै गदगद भए,उनले जोडिन त्यही नामले परिचित भयो अनि साँहुले कालीको रेष्टुराको होर्डिङबोर्ड बनाउनु भएको हो।बुझ्नु भयो। मुण्टो हल्लाएर बुझे को सङ्केत गरे।

भने पछि तपाईँ कामदार हो।मलाई लागेको कति सानो उमेरमा यत्रो व्यापार चलाउन सक्या हो, तर गलत म रहेछु रेष्टुरेन्ट पनि मज्जाले चलेको रहेछ।स्लिम,हाईटी गोरी केटी लगभग अठार उन्नाइस फक्रकेको फुल झैँ देखिने सायद उसको रूपको प्रशंसा नगर्ने कमी नै थिए होलान्।

गोरी मान्छे नाम किन काली? मेरो जिज्ञासा को उत्तर पनि सरल रूपमा आयो,सबैको मायाले हो नि ।मुस्कुराउँदै उत्तर दिइन,यसो भनिरहदा फेरि पनि मन कुडियो कस्तो सबैको माया मेरो प्रश्न थपिदै गयो।

घरमा को को हुनुहुन्छ? कोही पनि नाई,मतलब मैले बुझिन,हो कोहीपनि हुनुहुन्न मेरो लागि सर्वस्व यही रेस्टुरेन्टको मालिक हुन उहाँको कारण आज मैले काम पाएको छु ।

मेरो मनमा आधी आयो, बाबु आमा हुनुहुन्छ होला नि ?सबैलाई भूकम्पले लग्यो, अो माई गड अनि अब घरमा को को हुनुहुन्छ त?आफन्त भन्ने मेरो लागि कोही छैन,बाबु आमा,अनि एउटा दाइ एकै पटक भूकम्पले लग्यो ।त्यस पछि म कयोैँ दिन पिडामा छटपटाए,अाफन्ता भन्नेले यस्तै मोैकामा झन् पिडा दिए, मेरो अामाबाबु दाइ नभएपछि मलाई सम्पतीको केही मतलब थिएन,तर समय वित्दै जाँदा सम्पती पनि चाँहिने रहेछ। छाड्नुस दुखको पोका धेरै कुरा नखोलोैँ मुखमा राम बगालीमा छुरा सबै उस्तै हुन,म के भन्ने निशब्द भए, उनले अझ थपिन..

पछि मैले मेरो सम्पती खोज्दा सबै अाफ्नताहरुले मिलेर एकलोैटी बनाई सकेछन मैले कहिल्यै त्यसरी सोचेको थिएन पिडामा मलम लगाउनुको साटो विभिन्न बाहनामा मेरा अोैँठा छाप लगाईदिएछन,जब केही राम्रा मान्छेले मेरो बारेमा सबै बताए सम्पतीको लागि मान्छे कति निच व्यवहार गर्दो रहेछ भन्ने लाग्यो। सम्पतीको लागि आफ्नो चेली विर्सिदिए,बहिनी विर्सिदिए,भान्जी,भतिजनी फुपु विर्सिदिदा रहेछन्।

ज जसले मलाई त्यो पिडामा अझ पिडा दिए मेरो सारा सम्पती एकलोैटी बनाए मलाई विभिन्न प्रकारका दुख दिने काम गरे बलत्कार सम्मको प्रयास भयो अाफ्नाहरुले नै मेरो इज्जत लुटाउन मदत गरे अझ उल्टै मेरो दोष देखाए।म अाश्चर्यचकित भएर त्यही दिन देखि घर छाडेर अब कहिल्यै गाउँ नफर्किने गरी सहर छिरेको केटी हु ।अामाबाबुको मायाँमा हुर्केको छोरी हु एक्कासि दैवले लुट्यो मेरो भाग्य नै फुट्यो सन्तान गुमाउनुको पिडा त छदै थियो

आफन्तले सहानुभूति देखाउँनुको साटो उल्टै लखेट्ने जाल बुनेछन,अन्तत: मेरो सर्वस्व सन्तान गुमे पछि म माथि अनाहकमा मेरा छरछिमेक अाफन्ताको प्रहार हुन थाल्यो बस्ने वातावरण नभए पछि म बाटो लागे। यति राम्रो मान्छे क्रुर भएर निस्किए त्यो मैले कहिल्यै सोचेको थिइन,मलाई आफ्नो अभिभावकको अभावमा कति ज्यादती भयो शब्दमा व्यक्त गर्न सक्दिन।

समयले मान्छेलाई कहाँ पुर्याउदो रहेछ।सम्पतीको लागि मान्छे कति निच,गैरजिम्मेवार,सङकिर्ण विचारमा प्रस्तुत हुदारहे छन् यो कल्पना भन्दा बाहिराको कुरा थियो। हिजो प्यारी छोरी भन्नेहरु अलाच्छिनी भाग्य फुटेकी केटी भन्दै नाक खुम्च्याउदै हिँड्ने गर्थे,अरू त के कुरा मेरो स्कुले हितैसी अति मिलनसार साथीहरूले पनि मलाई देख्दा मुन्टो बटार्दै हिँड्ने गर्थे , समाजको स्कुलिङ नै त्यस्तो भएपछि उसले पनि के गरोस्

यतिधेरै अपमान गल्लिको कुकुरलाई पनि हुदैनथ्यो होला,अत्याचारले हद नाघेपछि घर छाड्नुको विकल्प थिएन,अब म आफ्नै खुट्टामा उभिन कुनै पनि काम राम्रो नराम्रो भन्दिन् अामाबाबुको अभाव मा निर्दोष केटी माथि यसरी प्रहार हुदोरहेछ यहाँ नियम कानुन का कुरा ठुला ठुला शब्दमा गरिन्छ जसले किर्ते काजग गर्‍यो आज छात्ती खोलेर हिडिरहेका छन्।

संयोगले मैले भगवान् जस्तो साँहु भेटे काम पाए मेरो लागी सबैभन्दा ठुलो यही हो सायद मेरो साँहु साउनीले यी मेरा सारा दुख सुनेर मेरै नाममा काली रेष्टुरा राखेको हुन सक्छ।सायद सबै उस्तै होलान् रूपको पछि लाग्नेहरु पनि मेरो कहानी पश्चात् आफै टाढिन्छन,दुख सुन्ने साहस कसैले गर्दैनन् यहाँ दुख दिनेहरु स्वार्थ मनको भारिबोकि हिड्नेहरुको माहोल जमेको छ ।

मेरो भगवान् जस्ता साँहुले पनि पटक पटक यस्ता काम गरेर असफल हुनु भएको अरे!धेरै दुख पाउनु भएको अरे! तर जब म आए उहाँहरू अत्यन्तै खुसी हुनुहुन्छ उहाँहरूको खुसीको लागि कुनै पनि कसुर म बाँकी राख्दिन आज म बाच्न सकेको छु मेरा आफन्तले मलाई पराई ठाने तर पराईले आफन्त ठान्नु भएको छ।यो यस्तै संसार रहेछ यसको मतलब सबै नराम्रो मात्र भन्ने पनि होइन ।

यो सहरमा केही राम्रा कयोैँ नराम्रा मान्छेहरू बस्दा रहेछन्।अन्त्यमा सबै कहानी सुनाए पछि उनले भनेकी थिइन अब सायद तपाईँ पनि फर्केर अाउनुहुन्न होला है ।मेरो दुखको कुराले पक्कै तपाईँ पनि टाढा हुनुहुन्छ होला ।म सँग जवाफ थिएन् यति कडा प्रश्न अाउला भन्ने लागेको पनि थिएन हैन फोन नम्बर छ म कल गर्दै गर्छु नि!साचिक्कै अब त्यहाँ बाट कति बेला उम्किनु जस्तो भा’को थ्यो।

म उसका कुराले भावुक भइसकेको थिए।मन कुटुक्क भइसकेको थियो समय हेरे साढे दश भइसकेको थियो दाईहरु झुमिरहनु भएको थियो मोैकामा मैले मेरो जिज्ञासा शान्त पारे कालीको नम्बर मागे सजिलै दिइन मन फुरुङ्ग भयो अनि हामी घर फर्कियोै ।फर्किने बेला मैले हात हल्लाए उनले पनि दुख सबै लुकाएर मुस्कान दिइन। त्यो मुस्कान अनि हात कति पर पुगी सक्दा पनि त्यही उभिए झैँ लागेको थियो।
हात हल्लिरहेको थियो।पर पुगिसक्दा पनि फर्केर हेर्न भ्याए।

घर पुगेपछि घडी हेरे! सवाँ एघार भइसकेको थियो मन गह्रोै टाउको फुट्ला झैँ दुखेको थियो मान्छेको दुखको कहानी पनि नशा झैँ लाग्दो रहेछ।दाईहरुले पिउनु भएको दारु मलाई लागेझै भएको थियो। वेडमा पल्टिए,साह्रै छटपटी लाग्यो उठे,एक गिलास ठण्डा पानी पिए,वातावरण चिसो थियो तर मेरो ज्यान बाट पसिना चिरचिर आइरहेको थियो।

म आफैलाई केही भन्न खोज्दै थिए तर भन्न सकिरहेको थिएन, पटक पटक बाहिर भित्र गरे सुत्न फिटिक्कै मन लागेन घडिहेरे बाह्र बजिसकेको रहेछ।थाहाँ छैन किन छटपटी गरिरहेको छु ।

मलाई कालीको कथा, मन भित्र विजेको थियो अभिभावकको अभावमा मान्छे कति दुखी हुन्छ समाजले कति हेला गर्छ अझ आफ्नै समाजका जान्ने बुझ्नेले रिसको झोकमा मान्छे उठाएर एउटी चेलीमाथी दोष थुपार्न खोज्नु,हाम्रो समाजको ढाचाँ संरचना कस्तो समाज निर्माण भइरहेको छ।आपत् पर्दा भरपुर सहयोग गर्नु पर्ने मा अवसर हेरी अन्याय परेका लाई अझै अन्याय गर्ने घाउमा मलको लगाउनुको सट्टा नुनचुक हालिदिने समाज आफैलाई घिन लागिरहेको थियो।

सुन्दा त हिन्दिफिल्मको सिरियल जस्तो लाग्ने रेष्टुराकी कालीको कथा कहाली लाग्दो थियो  धन्न एउटा साँहु भेटिछन र त आज सम्म बाच्ने साहस,सोच र सपना बोकेकी छिन ।

उनको रूपले साथ दिएछ पक्कै पनि यो समाजमा जिउनको लागि केही नयाँ सिर्जना गर्न सक्ने खुवि हुनै पर्छ हैन भने बडो कठिन छ यहाँ कि त रूप राम्रो हुनै पर्छ कि त खुबि हुनै पर्छ यी दुई मध्य दुई नहुने हरू यो समाजमा टिक्न सक्दैनन्।

रेष्टुराको कालीमा भने यी दुवै गुनहरु थिए ग्राहक भित्र्याउन सिपालु अनि राम्री सुन्दरी यति भए पछि साँहुको व्यापार चोैपट हुन्थ्यो साँहु पनि मख्ख पैसा कुम्ल्याउन पाए पछि मख्ख नहुने कुरै भएन,यत्ता ग्राहक पनि मख्ख मिठो मधुर बोली अनि टाढा बाट भए पनि एक झलक हेर्न पाउँदा मन फुरुङ्ग भएर आउने यी दुवै ग्राहक र साँहु बिचको मजबुत सम्बन्ध व्यवस्थापन गर्ने खुवि भएकै कारण काली ग्राहक अनि साँहु दुवैको प्यारी थिइन।

अन्य रेष्टुराको दाजोमा कालीको रेष्टुरा अत्यन्तै घुईचो हुने गर्थ्यो।भाग्यले ठगे पनि कर्मले गर्दा आज उनी सफल भईसकेकी थिइन।सायद अब साँहुले छिट्टै कालीको लागि रेष्टुरेण्ट खोलीदिने अरे! सबै साहुँ अनि कामदार बिच फरक सम्बन्ध हुन्छ कति साँहुहरु हामीले सोचेजस्तो नराम्रो मात्र हुदैनन् कतिपय साँहुहरु भगवानको रूपमा प्रस्तुत भईदिन्छन अनि काली जस्ता दुखी असाह्य को लागि अभिभावक बनी दिन्छन। यो सहरमा खराब मान्छे मात्र छैनन् केही राम्रा मनकारी मान्छे पनि छन् तर ती सबै पर्दा पछाडि छन् ।

यति वेला मध्य रात भइसकेको थियो कालीले दिएको फोन नम्बर हेरे मोबाइलमा डिलेट होला भन्ने सोचेर डायरीमा कपि गरे कल गरु झैँ लागेको थियो समय रातको बाह्र बजि सकेछ।बिहान कल गर्ने अठोट गर्दै कल्पिदै सुते कुन बेला भुसुक्कै निदाए छु।