रिडीमा बाढीले महायज्ञको मण्डप बगायो - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

रिडीमा बाढीले महायज्ञको मण्डप बगायो



गुल्मी- गत रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको रिडीमा कालिगण्डकी नदीले धार्मिक महायज्ञको मण्डप नै बगाएको छ ।

कालिगण्डकी नदिले सोह्रश्राद्ध गर्ने थलो र अन्य थुप्रै सामाग्रिहरु बगाएर ठूलो क्षति भएको जनाइएको छ ।

बिहानैदेखि रिडीवासी बाढीबाट धार्मिक सामाग्री बचाउका लागि खटिएका छन् ।

गत भदौ २८ गते परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले उद्घाटन गरेको महायज्ञ २१ दिनसम्म चल्ने र २१ सय रुपैयाँमा विवाह, व्रतबन्ध र पितृमोक्ष गराइने उद्घोष गरिएको थियो । उक्त महायज्ञको बालयोगेश्वर महराज भनिने विजय भण्डारी प्रमुख बाचक रहँदै सञ्चालन गरिरहेका छन् ।