हर्क साम्पाङले विष्णु रिमाललाई दिए गुइँठेको उपनाम - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

हर्क साम्पाङले विष्णु रिमाललाई दिए गुइँठेको उपनाम



काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमाललाई धरानका मेयर हर्क साम्पाङले गुइँठेको उपनाम दिएका छन् । रिमालले हर्क साम्पाङलाई तुच्छ शब्द प्रयोग गरेपछि उनले यस्तो नाम दिएका हुन्।

रिमालको एउटा भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा उनले केपी ओलीको फेसबुकमा कमेन्ट गरे चुनाव जित्ने बताएका छन् ।

भाइरल भएको भिडियोमा रिमालले हर्क साम्पाङलाई ‘बौलाहा टाइपको’ संज्ञा दिएका छन् ।रिमालले फेसबुकमा अत्यधिक लाइक आएको भन्दै त्यस्तै लाइक ओलीकोमा पनि आउनुपर्ने बताएका छन् ।

रिमालले काठमाडौंका मेयर बालेन्द्र साह, धरानका मेयर हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम लिएका थिए । एमाले अध्यक्ष केपी ओलीको फेसबुकमा पनि उनीहरूको जस्तै लाइक आएमा पार्टीले बहुमत ल्याउने रिमालको दाबी थियो ।

उनको भनाइ यस्तो थियो:

हामीले के बुझाैं भने कमरेड केपी ओलीको फेसबुक पेजमा हरेक दिन ५० हजार भन्दा बढी लाइक आयो भने पार्टीले बढी ल्यायो । त्यहाँभन्दा बढी टाउको दुखाउनै पर्दैन । कान्तिपुरले के लेख्यौ हेर्नै पर्दैन । त हामी गरिनै राख्या छैनौँ, अर्काले गरिराख्या छ । काठमाडौँका मेयरले गर्छ, उसले खासखुस नचाहिने कुरा लेख्नासाथै ८०/९० हजारले लाइक गर्‍या देखिन्छ । धरानको बौलाहा टाइपको मेयर छ । काम त राम्रै गर्‍या होला । धरानबाहिर पपुलर छ धरानभित्र के छ थाहा छैन । उसकोमा ४०/५० हजारले लाइक गर्‍या देख्छु एक घण्टामा । त्यसपछि स्वतन्त्र पार्टीको सभापतिले राख्या देख्छु । उसको एक घण्टामा ३०/४० हजारले लाइक गर्‍या देख्छु । त्यही लयमा उनीहरूको गइराख्या हुन्छ । कहिलेकाहीँ लेख्न मन लागेन भने पनि तिनीहरूबाट पनि सिकौँ न । सूर्यको जय होस लेख्दिनुस् । सूर्यको चिन्ह हाल्दिनुस् । तपाईँ आइडेन्टीफाइ हुनुभयो । त्यति हुनासाथ हाम्रो परिवार एकै ठाउँमा देखिन्छ ।

साम्पाङले रिमाललाई जवाफ दिन किन चुक्थे । उनले फेसबुकमा स्टाटस लेख्दै रिमाललाई ‘गुइँठे’ संज्ञा दिएका छन् ।