आजको संसद बैठक रोचक बन्ने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

आजको संसद बैठक रोचक बन्ने



काठमाडौं- प्रतिनिधि सभाको बैठक आज दिउसो १ बजे बस्दै छ । आजको बैठक रोचक बन्ने सम्भावना देखिएको छ ।

आजको बैठकमा वाक तथा प्रकाशन स्वतन्त्रतामा अंकुश लगाउने कतिपय प्रावधान समेटिएको विवादास्पद सूचना प्रविधि विधेयक पेश गर्ने सम्भावित कार्यसूची छ ।

संसदीय समितिबाट पारित भएको १५ महिनापछि उक्त विधेयकको प्रतिवेदन आज बस्ने बैठकमा पेस हुन लागेको हो । २०७६ पुसमा संसद अन्तरगतको विकास तथा प्रविधि समितिले प्रमुख विपक्षी नेपाली कांग्रेसले फरक मत राखे पनि सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित गरेको थियो ।

समितिबाट विधेयक पारित भएपछि कांग्रेसले विज्ञप्ती निकालेर उक्त विधेयक सच्याउन माग गरेको थियो । वाक तथा प्रकाशन स्वतन्त्रतामा अंकुश लगाउने कतिपय प्रावधान समेटिएको भन्दै उक्त विधेयकको कांग्रेससहित सञ्चारमाध्यमहरुले विरोध जनाउँदै आएका छन् ।

चर्को विरोध र आलोचनाका कारण यसअघि स्थगित गरिएको विधेयक संसदमा पेश गर्ने कार्यसुचीले आजको बैठक केहि रोचक बन्ने अनुमान गरिएको छ ।