रोहित शर्माले बनाए नयाँ विश्व किर्तिमान - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

रोहित शर्माले बनाए नयाँ विश्व किर्तिमान



काठमाडौं । भारतीय ब्याट्सम्यान रोहित शर्माले टेष्ट क्रिकेटमा अर्को कीर्तिमान जोडेका छन् । उनले एकै सिरिजमा सर्बाधिक छक्का हान्ने कीर्तिमान बनाएका हुन् ।

उनले दक्षिण अफ्रिका विरुद्ध राँचीमा तेस्रो तथा अन्तिम टेष्ट क्रिकेट जारी रहँदा यो सिरिजमा अहिलेसम्म १७ छक्का प्रहार गर्दै एकै सिरिजमा सर्वाधिक छक्काको कीर्तिमान बनाएका हुन् ।

एकै सिरिजमा सर्वाधिक छक्काको कीर्तिमान यसअघि वेष्ट इन्डिजका शिमरन हेटमायरको नाममा १५ छक्काको कीर्तिमान रहेको थियो । उनले सन् २०१८–१९ को सिरिजमा बंगलादेश विरुद्ध उक्त कीर्तिमान बनाएका थिए ।

तेस्रो स्थानमा भारतका पूर्व अलराउन्डर हर्भजन सिंह थिए । उनले सन् २०१०–११ मा न्युजिल्याण्ड विरुद्ध १४ छक्का बनाएका थिए ।

शर्माले नटआउट रहँदै ११७ रन बनाएका छन् । रोहितले करियको छैटौं र सिरिजमा तेस्रो शतक बनाएका हुन् । भारतले पहिलो दिन शनिबार ३ विकेटको नोक्सानीमा २२४ रन बनाएको छ ।

मौसमका कारण ५८ ओभरको मात्र खेल भएको थियो । दोस्रो दिन आइतबार रोहितलाई ८३ रनमा खेलिरहेका अजिन्क्या रहानेले सघाउने छन् ।

यसअघिका दुवै खेल जितेर भारतले सिरिज जितिसकेको छ । यो खेल जित्दा क्लिन स्वीप हुनेछ ।

आइसीसी वल्ड टेष्ट च्याम्पियनसिप अन्तर्गतको खेलमा भारत शीर्ष स्थानमा छ । चारतले ४ खेलबाट २०० अंक बटुलेको छ ।

दोस्रो स्थानको न्युजिल्याण्ड र तेस्रो स्थानको श्रीलंकाको २–२ खेलबाट ६०–६० अंक छ ।

चौथो र पाँचौं स्थानका अष्ट्रेलिया र इंगल्याण्डको ५–५ खेलबाट समान ५६–५६ अंक छ ।