रूम न .१८८ « Himal Post | Online News Revolution
Logo

रूम न .१८८



 राजन टण्डन
बुटवलको कालिकानगरमा अवस्थित “ THE HEAVEN HOTEL “ मा पंध्र दिन अघि ठुलो भोल्टे ताल्चा ठोकिएको थियो | द हेभन होटेलको रूम न. १८८ जसको चर्चा टिभी, रेडियो, पत्रपत्रिकामा छ्याप छ्याप्ती आइरहन्छ जहाँ भलादमी,गुण्डा, बुढा, बुढी,जवान, युवक,युवती, पुलिस, आर्मी,पत्रकार,नेता,क्यामेरामेन सबै भित्र छिरे तर रूम न. एक सय ८८ बाट कोही बाहिर आएनन | आखिर के छ त्यो रूममा म भित्र प्रवेश गर्ने निर्णय गरे | शनिवारको दिन करिब तेइस बजेर शून्य मिनेटमा रूम न. १८८ को ढोका धकले | ढोका सजिलै खुल्यो बरु ढोका खोल्दा त्यसको आवाज त Royal Enflied बाइकको भन्दा भयंकर ठुलो आयो | कोठा पुरै अन्धकार थियो | पानी परेको जस्तै झरझर आवाज आइरहेको थियो चिसो चिसो बतास चलिरहेको थियो जोमसोममा जस्तै ; जोमोस्मै बजारमा बाह्र बजे हावा सरर हैन बाह्र नै बजे छ कि क्या हो हिजो मात्र त्यत्रो दुई सय पचास रूपिया तिरेर बेट्री रिचार्ज गरेको मेरो चिमचिमे घंडी त २३ बजेर ५ मिनेटमा भुतुकै निदाएको रहेछ |

चिसो चिसो हावा चल्दा पनि शरीर बाट तप तप पानी ( पसिना) चुहिरहेको थियो | भुइको केही भागमा झिमिक झिमिक रातो बतिले फोकस हानिरहेको थियो | म पनि त्यहीँ बति चम्किरहेको ठाउँमा टेक्दै अघि बढे | जंगली जनावरहरु रोई रहेको साउण्ड आइरहेको थियो तर कस्तो अचम्मको कुरा त्यहाँ जंगली जनवार त के एउटा मुसा पनि दौडियको थिएन | २०७२ साल वैशाख १२ गते गाको भूकम्पमा हलिए जस्तै हालिरहेको थिए | केही समय पश्च्यात मैले आफूलाई एउटा सुन्दर बगैचामा पाए | जहाँ झमक फुलहरू फुलीरहेका थिए पुतलीहरु ती सुन्दर फुलहरू चुसिरहेका थिए | चराहरु गीत गुन गुनाउदै थिए मयूर आफ्नै तालमा पंख फिजाउँदै नाचीरहेको थियो | Wow, वाट अ बिउटिफुल गार्डेन विथ सो मेनी फलावारस एंड बर्ड्स | कस्तो सुन्दर रमणिय ठाउँ Wish I could spend remaining days of my Life here , oh sorry म यहाँ केही अनुसन्धान गर्न आको थिय रूम न. १८८ बाट परबेश गरेका ती जन्तुहरु कता छन् |

एक्कासि आकाशबाट गडयांगगुडुंग आवाज आउँछ अघि सम्म पप गीत गाउने चराहरु बिलय हुन्छन् | पहेंला फुलहरू सुकेर सबै काला हुन्छन् | नाचिरहेको मयुर चराहरु खरानी हुन्छन् | बादलहरु एक आपसमा लड्न थाले what a coincident पानीका फोकाहरु भुइमा झर्न थाले बट कस्तो आश्चर्य मेरो सारिरमा एक थोपा पानीले पनि टच गरेको थियन | केही छय्न्मै पुरै अध्यारो भयो |

अकस्मात रंगीबिरंगी बति बाल्दै ठुलो बस्तु भुइमा अवतरण हुन्छ | दुई जना पुलिंगहरुले मलाई भित्र प्रवेश गर्न आग्रह गर्छन् | बोर्डिंग पास दिँदै – नमस्ते, हजुरलाई जेट १८८मा स्वागत छ | भित्र प्रवेश गरेको केही सेकेन्डमै स्त्रीको आवाज सुनिन्छ | आफ्नो तोकिएको सिटमा प्रस्थान गर्नुहोला सिटको पेटी टाइटसंग बाध्नुहोला,केही समयमै हामी निश्चित गन्तब्य तर्फ उड्दै छौ | बाहिरको तापक्रमको बारेमा केही क्ष्यन्मै जानकारी गराइनेछ | हजुरको सहायताको लागि दुई जना होस्टहरु हुनुहुनेछ | प्राभिदिक समस्याले गर्दा विमानमा सौचालय जान अनुमति दिइने छैन | हाम्रो मेनु अनुसार खाना अर्डर गर्न सक्नु हुनेछ, खानाको सुलक तिर्नु पर्दैन | केही समय पहिला जमिनमा भएको मान्छे म अहिले आकाशमा उडिराको छु | झ्याल बाट बाहिरको दृश्यहरू अबलोकन गर्छु ,हिउँ जस्ता डलाडला बादल कोही एक आपसमा चुम्न लागेका कोही चाहिँ छुटिन लागेका | कस्तो रमाइलो यात्रा जीवनमा पहिलो पल्टक आकाशमा उडिराको छु | जेट एक सय अठासी ल्याण्ड हुने क्रमा छ सूचना नआउन्जेल आफ्नो सिट बेल्ट नफुकाल्नु होला | जेट ल्याण्ड हुन्छ | जेट भित्र भर्खर २० – २१ उमेरका तिन जना युवतीहरु प्रवेश गर्छन् सिट बेल्ट फुकाल दिई मेरो हात समाइ त्यहाँ बाट लिएर जान्छन | कस्ता राम्रा जवान तरुनीहरु | I Love them all so beautiful and bold girls | मलाई घर भित्र प्रवेश गराइन्छ | घर हैन दरबार भन्नुपर्छ | दरबार भित्र युवा, युवती, बुढा, बुढीहरु सबै सिमिलर पोसाक लगाएर काम गरिरहेका थिए | त्यहाँ भित्र चार पाँच जना मान्छेहरू मैले चिनेका पनि नजिक गएर बोल्न खोजे बोल्न सकिन न उनीहरूले नै मलाई ठम्याउन सके | एक आपसमा केही बोली रहेका थिए अनौठो भाषा बुझ्न सकिन |

त्यो रात मलाई त्यहीँ दरबारमा बस्ने बेवास्ता मिलाइयो | भोजन गरिसकेपछि आफ्नो रूममा प्रवेश गर्छु आराम गर्न | बिहान अलार्म बझ्न साथ रूम बाट मलाई हलमा प्रवेश गराइन्छ | हल भित्र अरू आगन्तुक पनि थिए | मलाई आफ्नो सिटमा लगेर बसालिन्छ | चालिस पैतालिस वर्षको आइमाई भित्र आगमन गर्न साथ् “ WELCOME TOO U ALL IN MY WORLD “ भन्दै एउटा गेम खेलाउन थाल्छिन | त्यहाँ क्रमशः पालो पालो सबलाई गेममा सामेल बनाइन्छ | गेम जित्ने खेलाडीलाई दुई सुन्दर युवतीले आफ्नो साथ लिएर जान्छन | हार्ने खेलाडीलाई दुई काला काला बाउनसर जस्ता देखिने व्यक्ति आएर लिएर जान्छन | गेम खेल्दा खेल्दै मेरो बगलमा बस्ने बुढाको पालो आउँछ | ती व्यक्ति त हाम्रै देशका नेता रहेछन् | उनलाई पनि गेम खेलाइन्छ बुढाले गेम हार्छन र उनलाई पनि ती दुई काला काला बाउनसर जस्ता देखिने व्यक्ति आएर लिएर जान्छन | अब गेम खेल्ने पालो मेरो | मलाई डर लागेको थिएन बरु ती जेट बाट उतार्ने युवतीको तस्बिर आँखामा घुमिराको थियो | फरक यति थियो कि जमिनमा गेम खेलेर थाकेर आकाशमा गेम खेल्न गइराको थिए | हार जितको निर्णय आउने बेलामा एक्कासि फोनको घन्टी बज्छ – म त सारंगी बजाउँछु, म मादल बजाउँछु।

डिस्कोमा छमछम गर्दै, डाँफे झैँ नाच्छु। | मेरो माथि एउटा पङ्खा फनफन नाचिरहेको थियो | आफूलाई म हिजो सुतेको बिस्तारामा पाउछु  | बति बालेर चिमचिमे घंडी हेर्दा पाँच बजेर नौ मिनेट चालिस सेकेन्ड गाको रहेछ | “ What a Mysterious dream “ नसोधियोस मलाई त्यहाँ के गेम खेलाइएको थियो भनेर गेम खेल्नु अघि मलाई एउटा नियम भनिएको थियो गेमको बारेमा मैले कसैसँग share गरे भने अनर्थ हुन्छ रे !