को-को बन्दैछन् राप्रपाका समानुपातिक सांसद ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

को-को बन्दैछन् राप्रपाका समानुपातिक सांसद ?



समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाउन राष्ट्रिय प्रजातन्त्र पार्टीले कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभातर्फका समानुपातिक सांसदको नाम टुंगो लगाउन शनिबार बिहान ११ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभातर्फका समानुपातिक सांसदको नाम टुंग्याउने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पार्टी कार्यालय धुम्बाराहीमा बस्ने कार्यसम्पादन समिति बैठकमा समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाउनुका साथै चुनावी समीक्षा पनि हुनेछ ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रपाले समानुपातिकतर्फ पनि ७ सिट नै जितेको छ । प्रदेशसभामा भने राप्रपाले समानुपातिकतर्फ १७ सिट पाएको छ । प्रदेशसभामा प्रत्यक्षतर्फ राप्रपाले ११ सिट जितेको छ ।

राप्रपाबाट प्रतिनिधिसभामा सांसद बन्ने सम्भावित उम्मेदवार :

खस आर्य

पशुपति शमशेर जबरा

प्रकाशचन्द्र लोहनी

आदिवासी जनजाति

विना लामा

विनिता मगैया

मधेसी

विना जयसवाल

दलित

अनिशा नेपाली

मुस्लिम

नाजिया खातुन