३६ लाख भारु सहित रुबिनाले जितिन् ‘बिग बोस’ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

३६ लाख भारु सहित रुबिनाले जितिन् ‘बिग बोस’



नयाँदिल्ली- भारतको महँगो मध्यको रियालिटी शो बिग बोसको १४औं सिजन रुबिना दिलैकले जितेकी छन् । उक्त जितसँगै रुबिनाले ३६ लाख भारु नगद प्राप्त गरेकी छन्।

रुबिना यसअघि टिभी सिरियल ‘छोटी बहू’ की चर्चित अभिनेत्री थिइन्।

रुबिनासँगै राहुल वैद्य बिग बोसको फर्स्ट रनर अप बनेका छन् । इन्डियन आइडलको पहिलो सिजनमा पनि उनी उत्कृष्ट तीनमा परेका थिए ।

बिग बोसको यस सिजनमा रुबिनाको दम्पत्ती नै प्रतिस्पर्धी थिए । उनका पति अभिनव शुक्ला पनि सिरियल ‘छोटी बहू’ बाटै चर्चामा आएका कलाकार हुन् ।

यस्तै निशान्त सिंह मलकानी, राखी सावन्त, जस्मिन भसीन, सारा गुरपाल, पवित्रा पुनिया, जान कुमार सानु, शहज़ाद देओल, निक्की तंबोली र एजाज खान समेत बिग बोसमा थिए । बिग बोसको अघिल्लो सिजन भने सिद्धार्थ शुक्लाले जितेका थिए । त्यस्तै आसिम रियाज फर्स्ट रनर अप बनेका थिए ।