रुकुमको घटनाप्रति संयुक्त राष्ट्र संघले समेत चासो देखायो: 'निष्पक्ष छानबिन गर' - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रुकुमको घटनाप्रति संयुक्त राष्ट्र संघले समेत चासो देखायो: ‘निष्पक्ष छानबिन गर’



काठमाडौँ- रुकुम पश्चिममा भएको घटनाबारे संयुक्त राष्ट्र संघले समेत चासो देखाएको छ ।नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय संयोजक भ्यालेरी जुलियान्डले उक्त घटनामा सरकारले निष्पक्ष रुपमा छानबिन गर्न अमग गरेकी छन् ।

रुकुम पश्चिममा शनिबार भएको घटनाप्रति दुःख व्यक्त गर्दै संयोजक भ्यालेरीले यो घटनाले नेपालमा जातीय विभेद कायमै रहेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘म मृतकका परिवारप्रति समवेदना प्रकट गर्न चाहन्छु र विश्वास ग‍र्छु कि नेपाल सरकारले संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम शून्य सहनशीलता देखाउँदै यस घटनाको निष्पक्ष छानबिन गर्नेछ ।’

शनिबार भएको घटनामा अन्तरजातीय विवाहको बहानामा ४ जनाको ह’त्या र २ जनाको बेपत्ता भएका छन् ।

शनिबार रुकुमको चौरहजारी नगरपालिका सोतीमा अन्तर्जातीय विवाह गर्न खोजेको निहुँमा गाउँलेको आक्रणममा परी चारजना युवाले ज्यान गुमाएका छन् भने दुईज ना अझै बेपत्ता छन् ।

जाजरकोटको भेरी नगरपालिका राना गाउँका नवराज विकले सोतीकी मल्ल थरकी आफ्नी प्रेमिका भगाउन साथीहरु लिएर गएकोमा उनीहरुमाथि आक्रमण गरिएको थियो ।

आक्रमणमा नवराज पनि मारिएका छन् । यो घटनालाई राष्ट्रिय मानवअधिकार आयोगलगायतले जातीय विभेद र मानवताविरोधी अपराधका रुपमा चित्रण गरेका छन् ।