रुपन्देहीलाई नमुना बनाउने पौडेलको प्रतिबद्धता , प्रदेशको राजधानी रुपन्देही बनाउछु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रुपन्देहीलाई नमुना बनाउने पौडेलको प्रतिबद्धता , प्रदेशको राजधानी रुपन्देही बनाउछु



बुटवल, ७ मंसिर । 

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलसंग रुपन्देही जिल्लाका अरु थुप्रै आयोजनाहरु जोडिएकाले विमानस्थल निर्माण शीघ्र  सम्पन्न गर्ने प्रतिबद्धता सहित नेकपा एमालेका नेता तथा रुपन्देही क्षेत्र नं २ का उम्मेदवार विष्णु प्रसाद पौडेलले आफ्नो प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।

बृहत लुम्विनी विकास गुरुयोजना,भैरहवा—वुटवल ६ लेन सडक,भैरहवा—लुम्विनी र वेलवास—वेथरी सडक अन्तरराष्ट्रिय विमानस्थलसंग जोडिएका आयोजना भएकाले यी आयोजनालाई छिटो सम्पन्न गर्ने प्रतिबद्धता पौडेलले ब्यक्त गर्नुभयो ।

विहीवार बुटवलमा बृहत पत्रकार सम्मेलनको आयोजना गर्दै नेता पौडेलले रुपन्देही क्षेत्र नं २ लाई मात्र नभएर सिंगो जिल्लालाई विकासको नमुना बनाउन आफु अग्रसर रहेको वताउनुभयो ।  आफ्नो राजनीतिक प्रतिष्ठासंग जोडिएको कालिगण्डकी—तिनाउ डाइभर्सन आयोजना  जुनसुकै हालतमा सम्पन्न गर्ने उहांको प्रतिबद्धता थियो । तिनाउ नदी नियन्त्रणको योजना सहित  कालिगण्डकी डाइभर्सन बहुउद्देश्यीय वृहत परियोजनाका लागि अन्तराष्ट्रिय विशेषज्ञ सहितको परामर्श दाताले (डिपिआर) सर्वे डिजाइन अन्तिम चरणमा पु¥याएका उहांले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नेता पौडेलले पहिला पनि सुकुम्बासी समस्या समाधानको लागि पहल गरेको जानकारी दिदै समस्या समाधान गर्न नदिने केही निहित तत्वले   सर्वोच्चमा मुद्धा हालेर भाँजो हाल्न खोेजेकाले  पनि अव ऐन संसोधन गरेर भएपनि सुकुम्बासी समस्या सधैको लागि अन्त्य गर्ने बताउनुभयो ।

नेता पौडेलले सुन्दर समुन्नत बुटवल प्रदेश नम्बर–५ को राजधानी हुनुको विकल्प नभएको समेत दोहो¥याउनुभयो । उहांले आफुले विगत लामो समय देखि नै भौतिक सुगमता र सम्पन्नताको आधारमा राजधानी रुपन्देहीमा नै हुने बताउदै आएको भन्दै त्यसमा कसैले  पनि संका नगर्न  लागि आग्रह गर्नुभयो  । प्रदेश सभाले नै प्रदेश राजधानी तोक्ने प्रवधान भएको भन्दै नेता पौडेलले बाम गठबन्धनबाट अधिकतम बुहमतका साथ प्रदेश राजधनी बुटवलमा नै हुने धारणा राख्नु्भयो । अव अस्थिर सरकार निर्माण हुने पुरानो संरचना फेरिएको भन्दै उहांले स्पष्ट बहुमतका  साथ  स्थिर सरकार निर्माण गरी विकासको जनलहर आउनेमा जनतालाई विश्वास गर्न आग्रह गर्नुभयो ।

१६ पृष्ठ लामो विकासको खाका प्रतिवद्वता पत्रका उतारेका पौडेलले  बुटवलमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण अहिले पहिलो  फेजको काम अन्तिम चरणमा पुगेको  र दोस्रो फेजको करिव १ अरवको कामको ठेकदार नियुक्त भई कार्य प्रारम्भ भएको बताउनभुयो । यसले बुटवलको मुहारलाई परिवर्तन गर्ने विश्वास  लिएको पौडेलको भनाई रहेको छ ।

शिक्षाको लागि विद्यालय सहयोग निर्माण गरी विद्यालयहरुमा सहयोग गर्ने र उच्च शिक्षा अध्यानको लागि प्रतिभा पलायनलाई रोक्नको लागि लुम्बिनी बौद्ध विश्वविद्यालय अध्यापन क्षेत्र विस्तार गर्ने घोषणा गरेको बताउनभुयो ।  विश्वविद्यालयको लागि देवदहमा १०० विघा जग्गा प्राप्तिको लागि प्रकृया अगाडि बढेको  र  राष्ट्रिय योजना आयोगबाट यो परियोजनालाई राष्ट्रिय प्राथमिकताको आयोजना हो भनि निर्णय गरिसकेको जकनारी प्रतिवद्वता पत्रमा उल्लेख गर्नुभयो ।

लुम्बिनीबाटै विश्वविद्यालयलाई वहुविषय अध्यापनको वातावरण वनाउना साथ रुपन्देहीमा सम्वन्धन सम्बन्धी बाटो प्रसस्त  हुने उहांको भनाई रहेको छ । औद्योगिक क्षेत्र विकासतर्फ  तिनाउ नदी किनारमा आधुनिक औधोगिक क्षेत्र निर्माण कार्य तिव्रताका साथ अगाडि बढेको र   नेपाल सरकारले सो ठाउँमा ८३२ विगाहा जमिन औद्योगिक क्षेत्रको स्वामित्वमा दिई विस्तृत परियोजना प्रस्ताव (डिपिआर) निर्माण कार्य अन्तिम चरणमा पुगेको  उल्लेख गर्नुभयो ।

सडक परियोजनामा नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गत रहेको यस व्यापारिक मार्ग विस्तार आयोजना, वेलहिया–बुटवल सडक, मणिग्राम, रुपन्देही सिद्धार्थ राजमार्गको शुरु विन्दु वेलहियादेखि बुटवल चौराहासम्मको २७.५० कि.मी. सडक खण्डलाई ६ लेनमा निर्माण गर्ने काम भैरहेको पुरा गर्ने ,  स्वास्थ्य योजना तर्फ सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) मा पिआईसियु र नयाँ प्रसुती कक्ष निर्माण भएको  भएको र सैनामैनाको एकमा प्राकृतिक चिकित्सालयको भवन निर्माण भैरहेको बताउनभुयो  । त्यसका लागि वजेट व्यवस्था गरी कार्य अगाडि बढेको छ उहांको  भनाई  रहेको छ ।

खानेपानी समस्या सधानको लागि झुम्सा खोला खानेपानी पुरा गर्ने , मेडिकल शिक्षामा  मेडिकल कलेजको  स्थापनाको लागि शंकरनगर र करहियाको समामुदायिक वनको २०० विघा जग्गामा स्थापना गर्नेगरी नेपाल सरकारको नीति तथा कार्यक्रमा व्यबस्था भएबमोजिम  उक्त स्थानमा मेडिकल कलेज खोल्ने विषयमा त्रिभुवन विश्वविद्यालयले सम्भाव्यता अध्ययन सम्पन्न गरी सकेको उल्लेख छ । लुम्बिनीको विकास, मेट्रो सिटी र मण्डपको सर्बे डिजाइन का कुरा पुरा गर्ने समेत प्रतिबद्धता पत्रमा उल्लेख छ ।