बिहीबारदेखि सबैखाले पसल खुल्ने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बिहीबारदेखि सबैखाले पसल खुल्ने



काठमाडौं- बिहिबारदेखि सबै पसल खुल्ने भएका छन् । व्यावसायीहरुले लकडाउन उल्लंघन गर्ने घोषणा गरेपछि सबैखाले पसल खुल्ने भएका हुन् ।

नेपालमा ११ चैतदेखि लागू भएको लकडाउन पछिल्लो पटक ३२ जेठसम्म कायम गरिएपछि मारमा परेका व्यावसायीहरुले यस्तो घोषणा गरेका हुन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा बिहीबारदेखि बिहान ११ बजेसम्म सबै प्रकारका पसल खोल्ने निर्णय गरेका छन् ।

एक प्रेस विज्ञप्ति जारी गर्दै उपत्यकाभित्रका सबैखाले मल, सपिङ्ग सेन्टर, विशाल बजार, महावौद्ध लगायतका उपत्यका भित्रका मुख्य व्यापारिक केन्द्र खोलिने जनाइएको छ । यी बाहेक उपत्यका बाहिरका मुख्य–मुख्य सहरका समेत बजार खुल्ने महासंघले जनाएको छ ।

यस्तो छ विज्ञप्ति