गठबन्धनले सहजीकरण नगरे राजीनामाको मुडमा सभामुख - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

गठबन्धनले सहजीकरण नगरे राजीनामाको मुडमा सभामुख



काठमाडौं- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका कारण दुई पटकसम्म विघटन भएको संसद झेलेका सभामुख अग्निप्रसाद सापकोटा ओलीको बहिर्गमन भएपछि पनि पीडित नै देखिएका छन् । यसको उदाहरण पछिल्लो समय राजनीतिक दलका नेताहरुले देखाएको व्यवहारबाट प्रष्ट हुँदै गएको छ ।

ओलीले २ पटक विघटन गरेको संसदलाई सर्वोच्च अदालतले जस्ताको त्यस्तै बनाइदिँदा सभामुखमा हौसला थपिएको थियो । एमाले सरकारबाट बहिर्गमन भएपछि पनि पटकपटक संसद बैठक अवरुद्ध बनाउँदा संसद विघटन बदर हुँदा मिलेको उत्साह पनि सभामुखमा घट्दै गएको छ ।

नेकपा एमालेले पार्टीका पूर्वनेता माधवकुमार नेपालसहित १४ सांसदहरुलाई कारबाही गरेको तर सभामुखले त्यसको सूचना टाँस्न अटेरी गरेको भन्दै एमाले सभामुख सापकोटासँग असन्तुष्ट रहेको छ । त्यसैको परिणाम हो संसदमा चर्को प्रदर्शन ।

सरकारबाट आउट भएपछि एमालेले हालसम्म २ पटक संसदमा विरोध मच्चाएको छ । अवरोधका कारण संसद बैठक पटकपटक सरेको छ । यसले एमाले मात्रै नभएर सभामुखको भूमिकामा प्रश्न उठेको सत्ता गठबन्धनकै नेताहरुले विरोध गर्न थालेका छन् ।

पछिल्लो समय सभामुखलाई गठबन्धनका नेतारुले नै सहायोग गर्न छाडेको प्रष्ट देखिएको छ । संसद बैठकमा एमालेले अराजकता प्रदर्शन गरेर सभामुखको उत्साह घटाउँदा पनि गठबन्धनका नेताहरु चुईक्क बोल्न सकेका छैनन् ।

एमालेले पटकपटक संसद बैठक अवरुद्ध गरेपछि त्यसको समाधानका लागि सभामुखले हिजो सोमबार सर्वदलीय बैठक बोलाएका थिए । गठबन्धनका नेताहरुले उनलाई एमालेलाई तह लगाउने विषयमा केही विकल्प देलान भन्ने उनको आशा थियो तर उल्टै एमालेसँग संवाद गर्नुपर्ने सुझाव दिए ।

सर्वदलीय बैठकलाई बहिष्कार गर्ने घोषणा गरेको एमालेलाई सभामुखले पटकपटक फोन गरेर बैठकमा आउन आग्रह गरेको तर अध्यक्ष ओलीले फोन स्वीच अफ गरेर बसेको गुनासो सापकोटाले बैठकमा पोखेका थिए ।

पछिल्लो समय गठबन्धनका नेता तथा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा र एमालेका ओलीको सम्बन्ध अलि गाढा हुँदै गएको देखिएको छ । यसले सत्ता गठबन्धन धरापमा पर्ने संकेत देखिएको बताएका छन् । यता एमाले सभामुखसँग रुष्ट छ । यसले सत्ता गठबन्धन धरापमा पर्ने संकेत देखिएको बताएका छन् । माओवादीका नेता रहेका सभामुख अग्नि सापकोटालाई गठबन्धनका नेताहरुको साथ कम रहेको देखाउँछ ।

सोमबारको सर्वदलीय बैठक बिनानिश्कर्ष टुंगिनु सभामुख सापकोटालाई गठबन्धनका नेताहरुले एमाले संग वार्ता गरेर समस्या सुल्झाउन भनेका छन् । तर सभामुखसँग एमाले वार्तामा बस्नै चाहेको छैन । एमालेले दुई सर्त राखेको छ ति दुई सर्तमध्य सभामुखले कि त १४ जना सांसदलाई कारबाही गरेको सुचना टाँस्ने या त आफैले राजीमामा दिने । तर सभामुखले सुचना टाँस गर्न भने आफ्नै निर्णय उल्ताउनुपरने हुन्छ ।

यसले के देखाउँछ भने गठबन्धनका नेताहरू पनि सभामुखलाई एमालेसँग सहजीकरण गर्न चाहेका छैनन् । सभामुखले आफै सल्टाउने सम्भावना भने छैन । सभामुखले आशा गरेको सुझाव र सहयोग गठबन्धनबाट पाउन नसकेको गुनासो गर्न थालेका छन् । उनी हैरान भएर कानुनी परामर्श समेत गरेको खुलेको छ ।

आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध पार्ने एमालेको रणनीति छन् । एमालेले यसरी बैठक अवरुद्ध पार्दै जाने र गठबन्धनका नेताहरुले यसरी चासो देखाउन कम गर्दै जाने हो भने सभामुखमाथि पनि जनताले प्रश्न उठाउने नै छन् ।