नेपाल एशियाको स्वीजरल्याण्ड हो, पर्यटनबाटै समृद्धि सम्भव छ: सदगुरु - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

नेपाल एशियाको स्वीजरल्याण्ड हो, पर्यटनबाटै समृद्धि सम्भव छ: सदगुरु



नेपालको पर्यटन प्रर्वद्धनका लागि भारतीय सदगुरुसँग छलफल

काठमाडौं- भारतीय प्रख्यात योग गुरु सदगुरु र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी बीच नेपालको पर्यटन प्रर्वद्धनका विषयमा शनिबार छलफल भएको छ । एकसाता अघि नेपाल आएका सदगुरुसँग भएको छलफलमा नेपालको पर्यटन प्रर्वद्धनका विभिन्न विषयमाथि छलफल भएको थियो ।

भेटका क्रममा सदगुरुले नेपाल एशियाको स्वीजरल्याण्ड भएको चर्चा गर्दै नेपालको समृद्धि पर्यटनबाटै सम्भव भएको बताए । उनले नेपाल प्रकृतिको अनुपम उपहार भएको र स्वर्ग यही नै स्वर्ग रहेको धारणा राखेका थिए ।

उनले भने, ‘नेपाल सम्भावना नै सम्भावनाको देश हो । नेचर, कल्चर, एडभेन्चर यहाँ नभएको के छ ? आवश्यक छ त केवल यसको व्यवस्थापन र यसैबाट समृद्धिको यात्रा तय गर्ने चिन्तन । त्यो चिन्तन उजागर हँुदाको दिन नेपालको समृद्धिलाई कसैले राक्न सक्दैन ।’

नेपाल विश्वका अरु देश जस्तो नभई अलौलिक आनन्द प्राप्त गर्न सकिने देश भएकोले यहाँको मौलिकतालाई जर्गेना गर्दै पर्यटन विकास गर्नु आजको आवश्यक्ता भएको भएको बताए । उनले योजनाबद्ध विकास विना दिगो विकास सम्भव नभएको धारणा राख्दै नेपालका मौलिक कला र संस्कृतिको संरक्षण गर्दै योजनावद्ध विकासमा लैजान सुझाव दिए ।
‘आउने दश वर्षभित्रै नेपालको पर्यटनलाई जिडिपीको करिब ३० प्रतिशत योगदान दिने क्षेत्रका रुपमा विकास गर्न सकिन्छ । त्यसको अपार सम्भावना नेपालमा छ तर नगरिए भने त्यो आउने पुस्ता माथीको अपराध हुने छ । यस्तै नेपालको मौलिक कला र संस्कृतिलाई पुस्तान्तरण गर्न पनि जरुरी छ ।’ उनले भने ।

भेटमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले कोभिडकै बीचमा सदगुरुको नेपाल भ्रमणले नेपालको पर्यटनमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए । उनले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक समानताले गर्दा नेपाल र भारत बीच सहकार्य गर्न सके दुवै देशले पर्यटनबाट फाइदा लिन सक्ने बताए । यस्तै उनले नेपालमा धार्मिक आध्यात्मिक पर्यटन प्रवद्र्धन लागि सदगुरुहरुसँग सहकार्य गर्न पर्यटन बोर्ड तयार रहेको समेत बताए ।

रेग्मीले खप्तड जस्ता ठाउँमा सदगुरुलाई योगा तथा मेडिटेशनका लागि काम गर्न समेत आव्हन गरेका थिए । सदगुरु नेपाली भूभाग लिमि भ्याली हुँदै नेपालबाटै कैलाश मानसरोवरको यात्रा गरी काठमाण्डौं फर्किएका छन् । उनीसँगै विभिन्न देशका उनका अनुयायी तथा सहगोगी गरी करिब चालिस जना भन्दाबढिको समुह नेपालमा रहेको छ ।