सहकारीमाथि लगाम: ब्याज धेरै लिए कारबाही - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सहकारीमाथि लगाम: ब्याज धेरै लिए कारबाही



काठमाडौं- सहकारीले आजदेखि १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन्। सरकारले सहकारीले लिने कर्जाको ब्याजदरमा अंकुश लगाएपछि बढी ब्याज लिने सहकारी घटाउन बाध्य भएका हुन्।

सरकारले कर्जाको अधिकतम १६ प्रतिशत भन्दा बढी ब्याज लिने सहकारीलाई कारबाही गर्ने बताएको छ।

सहकारी बिभागका रजिष्टार डा. टोकराज पाण्डेले १६ प्रतिशत भन्दा बढी ब्याज लिने सहकारलाई कारबाही गर्ने बताए। सहकारीले मनपरी कर्जाको ब्याज लिन थालेपछि सरकारले बाध्य भएर यस्तो कदम चाल्नु परेको उनको भनाइ छ।

सहकारले पहिलो पटक सहकारी संस्थाहरूको निक्षेप तथा कर्जाको ब्याज दर तय गरेको हो। विभागले सहकारी ऐन २०७४ को ब्यवस्था अनुसार रजिष्ट्रारको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेको थियो। उक्त समितिले ब्याज दर निर्धारण गरेको थियो।

समितिले सहकारी संस्थामा निक्षेपमा १० प्रतिशत र कर्जाको अधिकतम १६ प्रतिशतसम्म ब्याजदर सिमा तय गरेको थियो। समितिले निक्षेप र कर्जाबीचको अन्तर स्प्रेड दर भने अधिकतम ६ प्रतिशत हुनु पर्ने उल्लेख गरेको थियो। त्यसै आधारमा बिभागले सहकारीको ब्याजदर लागु गरेको हो।

यस भन्दा पहिले सहकारी संस्थाले आफू खुसी ब्याजदर लिने गरेका थिए। सहकारी स‌ंस्थामा ब्याज दर सम्बन्धमा बिकृति भएको भन्दै यसलाई सुधार गर्न ब्याजदर निर्धारण गरिएको पाण्डेले बताए। सहकारीका बचतकर्ताले आफ्नो बचत मार्फत पाउनु पर्ने प्रतिफल नपाइरहेको र कर्जामा लिने गरेको ब्याजदर अत्यन्त उच्च हुँदा ऋणी मर्कामा परेको गुनासो आएका कारण ब्याजदरलाई निश्चत सिमामा राख्न बाध्य भएको पाण्डेको भनाइ थियो।