सैनामैनामा सैनामैना वडा कप - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सैनामैनामा सैनामैना वडा कप



अनिता चैधारी/सैनामैना । रुपन्देहीको सैनामैनामा सैनामैना वडा कप वडा स्तारीय फुटबल प्रतियोगिता हुने भएको छ । मुर्गिया युथ क्लबले विभिन्न सामाजिक कार्य गर्दै रक्तदान सरसफाइ जस्ता उदाहरणीय कार्यहरू गर्दै आएको छ र युवाहरूलाई उनीहरूको खेलप्रतिको लगावलाई सम्मान गर्दै वडा कप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको छ ।

मुर्गिया युथ क्लबको आयोजना तथा सैनामैना नगरपालिकाको सहआयोजनमा यही चैत्र २७ गते अर्थात् भोलि देखि सैनामैना वडा कप फुटबल प्रतियोगिता हुने भएको छ । सैनामैना ४ स्थित पर्रोहा उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा प्रत्येक दिन दिउसो ठिक तिन बजे देखि प्रतियोगिता हुन लागेको छ ।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार नगद रु (पच्चिस हजार (२५०००) दोस्रो पुरस्कार नगद पन्ध्र हजार (१५०००) रुपैयाँ रहेको छ भने प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई फुटबल किड्सले सम्मान गरिने साथै सिल्ड मेडल प्रदान गरिने मुर्गिया युथ क्लबका अध्यक्ष कोसिस श्रेष्ठले जानकारी दिनुभएको छ । सैनामैना नगरपालिकाको पुनम फार्निसिङ एण्ड डेकोर प्यालेस र सायान्स बेबिज एण्ड लेडिज प्रयोजन गरेका छन् ।