सुदुरपश्चिम सरकारको निर्णय : एक किलो सलह किराको २५ रुपैयाँ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सुदुरपश्चिम सरकारको निर्णय : एक किलो सलह किराको २५ रुपैयाँ



कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले एक किलो सलह किरा संकलन गरी ल्याए २५ रुपैयाँ दिने निर्णय गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आइतबार सलह संकलन गरेर ल्याए प्रतिकिलो २५ रुपैयाँ दिने निर्णय गरेको हो ।

सलहको झुन्ड सुदूरपश्चिममा पनि आउन सक्ने भएकाले यस्तो निर्णय गरिएको मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माले बताए । सलहले गर्ने क्षति कम गर्न पनि यस्तो निर्णय गरेको उनले बताए ।

सलह किरा मारेर स्थानीय तहको कृषि शाखामा उपलब्ध गराए उक्त स्थानीय तहले रकम उपलब्ध गराउने जनाइएको छ । यस अघि प्रदेश ५ ले पनि शनिबार एक किलो सलह समाते २० रुपैयाँ दिने निर्णय गरेको थियो ।