कपिलवस्तुमा समाजबादी पार्टीका नेता माथि गोली प्रहार - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कपिलवस्तुमा समाजबादी पार्टीका नेता माथि गोली प्रहार



वुटवल । कपिलवस्तुको दक्षिणी क्षेत्रमा अवस्थित शुद्धोधन गाउँपालिकामा स्थानीय एक नेता माथि गोली प्रहार भएको छ । गाउँपालिकाको वडा नं ३ सुसरीया पूल निर विहीबार दिउँसो २ बजे स्थानीय समाजबादी पार्टीका नेता रामनयन यादव माथि गोली प्रहार भएको छ ।

यादव पूर्व नयाँ शक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षका उम्मेद्वार समेत हुन् । उनी हाल समाजबादी पार्टीमा छन् ।

गाउँपालिकाको वडा नं. ५ देवपुर स्थायी घर भएका यादव जिल्ला सदरमुकाम तौलिहवा आउँदै थिए । उक्त मौका छोपेर मोटरसाइकलमा सवार दुई जना अज्ञात समूहले गोली प्रहार भएकाे हो ।
गोली लागेर यादव घाइते भएका छन् । उनको अहिले तौलिहवामा उपचार भैरहेको बताइएको छ ।
स्थानीयका अनुसार उनको देब्रो पाखुरामा गोली लागेको छ । दिउँसो २ बजे गोली हान्ने अज्ञात समूहलाई प्रहरीले तत्काल पक्राउ गर्न सक्ने अवस्था भएपनि पक्राउ गर्न नचाहेको भन्दै स्थानीय आक्रोसित भएका छन् । घटनाको थप विवरण आउँन बाँकी छ ।

यसभन्दा अगाडी यही शुद्धोधन गाउँपालिकाका दीपेन्द्र चौधरी (राजाबावु) को गोली हानी हत्या भएको थियो । राजाबाबु नेकपाका नेता थिए । उनी पनि गाउँपालिकामा अध्यक्षमा उठेका थिए भने प्रदेश सभा निर्वाचनको उम्मेद्वार थिए ।बेला बेला नेतामाथि गोली प्रहार हुन थालेपछि उक्त क्षेत्रका स्थानीय त्रसित भएका छन् ।