नेपालको संविधान २०७२ ले बल्ल पायो सार्थकता ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेपालको संविधान २०७२ ले बल्ल पायो सार्थकता !



कर्ण बहादुर अधिकारी

नेपाली जनताले बिसं. २०७० सालको संविधानसभा चुनावमा आफ्नो अमूल्य मत दिएर संविधान सभामा पठाएका सभासदहरूद्वारा निर्मित नेपालको संविधान २०७२ लाई पूर्व राष्ट्रपति डा. रामबरण यादवबाट बिसं २०७२ साल असोज ३ गते आइतबारका दिन एक भव्य समारोहका बिच संविधान सभा मार्फत जारी गरिएको थियो।नेपाली जनताको चाहना र भावना अनुरूप नै संविधान तयार गरिएको हुनाले हामी सबै नेपाली नागरिकहरूले संविधान पालना गर्नु पर्दछ।संविधान ताम्र पत्र वा शिला पत्रमा लेखिएको बस्तु होइन यदि संविधानलाई संशोधन गर्नु परे संविधानको मूल्य र मान्यतामा रहेर संशोधन गर्न कुनै समस्या नआउने हुनाले नेपालको संविधान २०७२ प्रति असन्तुष्टी पोखि रहनु जरुरत छैन।कुन कुरामा समस्या आएको हो त्यसलाई सुल्झाउनु कुनै असहज परिस्थिति होइन।सहज तवरबाट सबै राजनीतिक दलका नेताहरू बिच आपसी सल्लाह र सदभाव लिएर अगाडी बढेमा समस्या सहजै हल हुनेछ।

२०७२ सालको संविधान जारी गरे पश्चात् संविधानका पिता स्वर्गीय सुशील कोइरालाको मनमा एउटै कुरा खट्किएको थियो संविधान त जारी भयो तर संविधान प्रति बिमति जनाउने मधेसको मसिया हुँ भन्ने मधेशबादी नेताहरूलाई कसरी मनाउने भन्नेमा।उहाँ आफूले हारेर भए पनि नेपाललाई जिताई रहेका थिए।प्रधानमन्त्रीमा पुन उम्मेदवारी दिएका कोइराला हार्छु भन्दा भन्दै पनि उठेका थिए कारण मधेसी नेताहरूलाई संविधानको दायरामा ल्याउनु थियो अन्त्यमा मधेसी दलहरूले प्रधान मन्त्रीको चयनका लागि मतदानमा भाग लिएका थिए।त्यही नै पहिलो सफलता थियो।दोस्रो सफलता भनेको २० वर्ष देखि नेतृत्व बिहिन अवस्थामा रहेको स्थानीय निकायको चुनाव सम्पन्न भएको छ।अब केन्द्रबाट सम्पूर्ण काम कार्बाही स्थानीय स्तरमा पुग्नु अर्को सफलता हो।पहिलो र दोस्रो चरणको स्थानीय निकायको चुनाव सम्पन्न भए सँगै तेस्रो चरणको स्थानीय निकायको चुनाव पनि सम्पन्न भयो।तेस्रो चरणको निर्वाचनलाई महत्त्वपूर्ण तवरबाट हेरिएको थियो कारण मधेशबादी दलहरूले संविधान प्रति बिमति जनाउदै चुनाव बहिष्कार गर्ने भनी रहेको अवस्थामा सहमति र सहकार्यमा राजपाको नाम दिएर भाग लिनु पनि गौरवको विषय हो।स्थानीय चुनावको समाप्ति सँगै प्रदेश र प्रतिनिधि सभाको चुनावको मिति तय भई।सकेको अवस्था छ।यहाँ पार्टीले जित्नु हार्नुको महत्त्व भन्दा पनि देशले जितेको छ।सबैलाई संविधान स्वीकार्य भएको छ।

असोज ३ गतेका दिन नेपालको गणतान्त्रिक संविधानले दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा पाइला टेक्दै गरेको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।संविधानका पिता पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई स्मरण गर्दै संविधान र देशका लागि बलिदान दिनु हुने ती अमर सहिदहरू प्रति हार्दिक श्रद्धा सुमन र घाइते हुनु भएका नेपाली दाजु भाइ तथा दिदी बहिनीहरूले उचित किसिमको उपचार र राहत पाओस भन्ने कामना गर्दछु।
जय नेपाल।