स्थानीय चुनावका लागि घोषणा पत्र बनाउने समितिले पायो पूर्णता - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

स्थानीय चुनावका लागि घोषणा पत्र बनाउने समितिले पायो पूर्णता



हिमाल पोष्ट / १९ चैत, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय चुनावका लागि घोषणा पत्र बनाउन गठित समितिलाई पूर्णता दिएको छ ।

 

महेश आचार्य नेतृत्वको घोषणा पत्र तयारी समितिलाई ३५ सदस्यीय बनाइएको छ । समितिमा डा. रामशरण महत, मिनेन्द्र रिजाल, डा. शेखर कोइराला, एन.पी. साउद, फरमूल्लाह मन्सुर, विश्वप्रकाश शर्मा र चिनकाजी श्रेष्ठ लगायत छन् ।

कांग्रेसका तर्फबाट मन्त्री रहेका र भ्रात संगठनका सभापतिहरु सबै समितिको आमन्त्रित सदस्य हुनेछन् । साथै समितिले घोषणा पत्र बनाउने क्रममा पार्टी पदाधिकारीका साथै सदस्यहरुसँग परामर्श गर्नु पर्नेछ । सांसदहरुसँग परामर्श गर्ने कार्यविधि बनाइने कांग्रेसले जनाएको छ ।

समितिको पहिलो बैठक भोलि बोलाइएको छ । साथै सुझाव दिन पार्टीका सबै तह र निकायलाई आहृवान गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्