सम्पूर्ण एनआरएनहरूको हक ,अधिकार र भावनालाई जोड्ने नेतृत्वको आवाश्यकता « Himal Post | Online News Revolution
Logo

सम्पूर्ण एनआरएनहरूको हक ,अधिकार र भावनालाई जोड्ने नेतृत्वको आवाश्यकता



पुष्प थापा जर्मनी

गैर आवासीय नेपाली सङ्घको आठौ विश्व सम्मेलन नजिक आईरहदा सङ्घको आगामी नेतृत्व कस्तो र कसको हुने भन्ने विषयमा चर्चा परिचर्चा धेरै हुँदै गइरहेका छन्। गैर आवासीय नेपाली सङ्घ एउटा बिशुद्ध सामाजिक संस्था भएकोले यस सस्थाको गरिमयलाई कायम राख्न राजनीति विचार भन्दा बाहिर राख्नु पर्ने सोच विचार भए पनि गैर आवासीय नेपाली सङ्घको नेतृत्वमा पुग्नलाई नेपाली राजनीति पार्टीका नेताहरूलाई गुहार्ने चलन परम्परागत भई सकेको छ। गैर आवासीय नेपाली सङ्घका ७७ वटा राष्ट्रिय समन्वय परिषदहरु नेपालका राजनीतिक पार्टीहरुका विदेश स्थित भातृसंगठनहरुको प्रभावमा नेतृत्व चयन हुने गर्दछन्। सार्क देश बाहेक करिब ४५ लाख जनसख्या रहेको गैर आवासीय नेपालीहरूको साँझा र छाता सङ्घ गैर आवासीय नेपाली सङ्घको नयाँ नेतृत्व चयनको लागि आगामी १४ देखि १७ अक्टुबर सम्म काठमाण्डौमा आठौ विश्व सम्मेलन हुँदै छ। सङ्घको नेतृत्वमा पुग्न रस्शा कस्शी चलिरहेको छ।

संसार भरी छरिएर रहेका गैर आवासीय नेपाली हरुले एउटा सब्बल र योग्य नेतृत्व प्राप्त गर्ने आशामा रहेका समयमा विभिन्न व्यक्तिहरूको आ आफ्नो धारणा आउनु स्वाभाविक हुन् सक्दछ। तर संगठनिक रूपमा एक भएर अगाडी बढ़दा गैर आवासीय नेपाली सङ्घलाई क्षेत्रगत समावेशी र सामूहिक नेतृत्वको कडीमा ल्याउन सकिने छ ।विश्वको धेरै देशहरूमा सक्रिय रूपमा कार्यरत नेपाली राजनीति पार्टीहरुका भातृसंगठनहरु नेपाली जनसम्पर्क समिति,नेपाली प्रवासी मञ्च र प्रगतिशील नेपाली मञ्च को समर्थनको समन्वयमा गैर आवासीय नेपाली सङ्घ अटर्राष्ट्रिय समन्वय परिषदको नेतृत्व चयनमा ठुलो चलखेल हुँदै आइरहेको सर्वविविधै छ। तर खुला रूपले राजनीतिक पार्टीहरुका अजेण्डाहरु कार्यान्वयन हुन सकेका छैनन्। तर पनि नेपालको राजनीतिक प्रभावले गैर आवासीय नेपाली सङ्घको विश्व सम्मेलनमा सिधा असर पार्ने गरेको देखिन्छ। अहिले नेपालमा प्रादेशिक र केन्द्रीय सङ्घको निर्वाचन पनि भएकोले नेता तथा कार्यक्रताहरुको ध्यान गैर आवासीय नेपाली सङ्घको निर्वाचनमा भन्दा पनि नेपालको निर्वाचनमा धेरै केन्द्रित हुने अनुमान गर्न सकिन्छ।

गैर आवासीय नेपाली सङ्घको अभियान हरुलाई निरन्तर कायम राख्न सब्बल नेतृत्वको जरुरत भएको देखिन्छ। गैर आवासीय नेपाली सङ्घको १५ वर्षको इतिहासमा चार जना आदरणीय अध्यक्षहरुले गैर आवासीय नेपाली सङ्घलाई आफ्नो गतिमा दिशानिर्देश गरेका छन्। संस्थाको विस्तृत अभियानहरुमा तिब्रगतिमा ७७ मुलुकहरूमा सङ्घको राष्ट्रिय समन्वय परिषदहरु विस्तार गरी गठन र ४५ लाख नेपाली हरुलाई नेतृत्व गर्ने संक्षम संस्थाको रूप गैर आवासीय नेपाली सङ्घ एउटा साझा र छाता सङ्घको रूपमा स्थापित भइसकेको छ। संस्थाको संखायात्मक भन्दा पनि धरातलीय नेतृत्वको विकास र गैर आवासीय नेपालीहरूको हक आधिकार एवम् आर्थिक समृद्धि तथा सम्पन्नताको लागि सङ्घले खेल्नु पर्ने मुख्य भूमिकामा निर्भर गर्ने गर्दछ।

गैर आवासीय नेपाली सङ्घको विश्व सम्मेलनको समयमा मात्र नेतृत्व को भाग खोज्न आउने व्यक्तिबादी स्वार्थ राख्नेहरुले सङ्घको चौतर्फी संस्थागत विकास भन्दा पनि सङ्घलाई आफ्नो स्वार्थमा उपयोग गर्दै लैजाने गर्दछन्। सङ्घको आफनै विधान छ र यसको मातहतमा धेरै समिति तथा उप समिति र कार्यदलहरु सक्रिय रूपमा कार्यरत छन्। सङ्घलाई एउटा खुला रूपमा प्रस्तुत गर्न अनेक तौतारिका अपनाइएको छ। तर गुट उपगुट तथा सिण्डिकेटको चंगुलमा यदि सङ्घ फसेको खण्डमा गैर आवासीय नेपालीहरूको एकता र अखण्डताले दीर्घकालीन रूप लिन सक्ने छैन। बस्ताबमा भन्ने हो भने हामीले अपनाएका सबै नीति नियमहरू ब्यार्थ हुनेछन।

गैर आवासीय नेपाली सङ्घको आगामी नेतृत्व कस्तो हुनु पर्ने विषयमा सङ्घसित सरोकार राख्ने गैर आवासीय नेपालीहरूको दिन प्रति दिन ठुलो बहस धेरै छलफल हुँदै गैरहेको छ। विधानमा केही प्रतिबन्धित प्रावधानहरुले गर्दा सीमित व्यक्तिहरूको मात्र पहुच हुन रहेकोछ। गैर आवासीय नेपाली सङ्घ विधानले एक कार्यकाल आईसीसीमा पुरा गरेको व्यक्ति मात्र गैर आवासीय नेपाली सङ्घको नेतृत्वको लागि उम्मेदवार बन्न पाउने व्यवस्था भएकोले सर्वसाधारण गैर आवासीय नेपालीहरूलाई सिधै तगारो लागेको छ। केही मुट्ठी भर का व्यक्तिहरूको स्वार्थको लागि परिमार्जन गरिने विधानमा गैर आवासीय नेपालीहरूको हक अधिकारलाई कुण्ठित गरिएको छ। लोकतान्त्रिक पद्धतिलाई अंगिकार गर्दा गैर आवासीय नेपाली सङ्घको विश्व सम्मेलनको प्रतिनिधित्व गर्ने सबै प्रतिनिधिहरू गैर आवासीय नेपाली सङ्घको नेतृत्वको लागि योग्य हुनु पर्ने र विधान तथा सम्बन्धित सरोकार मुलुकको कानुनले अयोग्य ठरिएको ब्याक्तिलाई मात्र बर्जित हुनु पर्नेमा सबै गैर आवासीय नेपालीहरूको मानवीय हक अधिकार खोसिनुले मानव अधिकार स्वतः हनन भएको देखिन्छ।

गैर आवासीय नेपाली सङ्घको प्रारम्भिक चरणको संस्थागत विकासको अभियानको क्रियाकलाप समाप्त भई सकेकोले अब सङ्घको मूल आधारमा रही अलि फराकिलो र मजबुद बनाई नेपाल र नेपालीको चौतर्फी विकासको लागि नयाँ संरचना सहितको संस्थागत विकासको आवश्यकता रहेको देखिन्छ। सङ्घको प्रारम्भिक चरणमा संस्थाको नेपाल सरकारमा बिधिबत रुममा दर्ता, सङ्घको आफ्नै भवन निर्माण र विश्वको ७७ मुलुकहरूमा गैर आवासीय नेपाली सङ्घको अभियानमा जोडिएका ४५ लाख नेपालीहरूको हक आधिकार र समृद्ध नेपाल तथा नेपालीहरूको आशा र भरोसाको केन्द्र बिन्दु बनेको छ। त्येसैले गैर आवासीय नेपाली सङ्घ को भिजन २०२० एंड बियोण्डमा समावेशका साथमा सङ्घलाई सुधार गरी लैजान आवश्यक देखिन्छ। सङ्घको संरचना १५ वर्ष पुरानो भएकोले नयाँ सुधार सहितको संरचना हुन अति नै जरुरी भएको सबैले महसुस गरेका छौ। अतः आगामी विश्व सम्मेलनमा खुला छलफलबाट सामूहिक निर्णय लिन हामी तत्पर हुनु पर्दछ।

गैर आवासीय नेपाली सङ्घको विश्व सम्मेलनको संघारमा आईपुग्दा नेतृत्वको चुनौतीलाई सुवरण अवसरको रूपमा परिकल्पित गर्दा ७७ मुलुकमा रहने ४५ लाख नेपालीहरूको प्रतिनिधित्व गर्ने सक्षम र योग्य नेतृत्वको खोजी हुनु स्वाभाविक देखिन्छ। तर गत २ कार्यकालमा जस्तै लोकतान्त्रिक पद्धतिलाई अङ्गीकार गरी सम्पूर्ण गैर आवासीय नेपालीहरूको अमूल्य मतको आधारमा नेतृत्वको चयन हुने हो वा प्रतिबन्धित विधानमा उल्लेख भएको नियमले दिएका मुट्ठी भरका व्यक्तिहरूको सहमतिले हुने हो यस विषयमा भन्न अझै नसकिने देखिछ। गैर आवासीय नेपालीहरूको भावनालाई जोड्न सक्ने आपसी सद्भावलाई एकता बद्ध बनाउन सक्ने सक्षम र योग्य नेतृत्वले नै गैर आवासीय नेपाली सङ्घलाई विश्वका ७७ मुलुकका ४५ लाख नेपालीहरूको साँझा र छाँता संस्थाको रूपमा कायम गर्न सक्ने छ।
( पंतिकार थापा गैर आवासीय नेपाली सङ्घका केन्द्रीय सल्लाहकार हुन)