साम्राज्ञी विरुद्ध १० करोड क्षतिपूर्ति माग्दै भुवन केसीले हाले मुद्दा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

साम्राज्ञी विरुद्ध १० करोड क्षतिपूर्ति माग्दै भुवन केसीले हाले मुद्दा



काठमाडौं । नायक भुवन केसीले १० करोड रुपैयाँ क्षतिपूर्तिको माग दाबी गर्दै नायिका साम्राज्ञी आरएल शाहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।

शुक्रबार क्षतिपूर्ति माग दाबीसहित मुद्दा दायर गरेको जिल्ला अदालत काठमाडौंका एक अधिकारीले जानकारी दिए ।

साम्राज्ञीले चलचित्र ड्रिम्सको सुटिङ सेटमा आफू अपमानित हुनुपरेको भुवनमाथि आरोप लगाएकी थिइन् । भुवनले आफूमाथि नायिका साम्राज्ञीले बेइज्जती गरेको रिटमा जिकिर गरेका छन् ।

यसअघि नायक भुवनले चलचित्र कलाकार संघमा पनि साम्राज्ञीले लगाएको आरोपबारे सत्यतथ्य छानबिनको माग गर्दै उजुरी दिएका थिए । त्यसपछि भुवन र साम्राज्ञीबीच विवाद उत्कर्षमा छ ।