पुर्व सांसदलाई पेन्सन, भुपुलाई विलासी सुविधा दिने विधेयक पारित गर्न चलखेल - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

पुर्व सांसदलाई पेन्सन, भुपुलाई विलासी सुविधा दिने विधेयक पारित गर्न चलखेल



भदौ २८, काठमाडौं-

संविधान सभाबाट रुपान्तरि संसद्को कार्याकाल सकिनै लाग्दा पुर्वपदाधिकारीलाई विलासी सुविधा दिने विधेयक पारित गराउन चलखेल सुरु भएको छ ।

महिनौँदेखि संसद्को राज्यब्यवस्था समितिमा रहेको पुर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी विधेयकमा पुर्व सांसद्लाई पेन्सन सुविधा घुसाएर पारित गर्ने कसरत सुरु भएको हो ।

प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी मनोनयनको अघिल्लो दिनसम्म मात्रै रुपान्तरित संसद्को कार्याकाल रहने संवैधानिक ब्यवस्था संविधानको धारा २९६ को उपधारा १ को प्रतिबन्धात्मक ब्यवस्थाका कारण संविधान निर्माता ५ सय ९१ सांसद असोज ४ मा भुतपुर्व हुँदैछ ।

खबर आजकोकान्तिपुरमा छ ।

-राष्ट्रपति उपराष्ट्रपतिको सुविधा विधेयकमा सहमति
-पुर्वसांसद्को पनि सुविधा थप्न काग्रेस सांसद तथा पुर्वसांसद क्लवका पदाधिकारीको दबाब
-प्रतिनिधिसभा निर्वाचन उम्मेदवारी मनोनयनको अघिल्लो दिन असोज ४ देखि ५९१ सांसदा भुपु हुँदै ।