सन्दीप लामिछाने बने महङ्गो खेलाडी - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

सन्दीप लामिछाने बने महङ्गो खेलाडी



काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) टी–२० क्रिकेट लिगका लागि महङ्गो ड्राफ्टमा परेका छन् । सन्दीप ‘प्लाटिनम’ श्रेणीको ड्राफ्टमा परेका हुन् । सन्दीप ड्राफ्टमा पर्ने एक्लो नेपाली खेलाडी हुन् ।

सन्दीपसँगै प्लाटिनममा २८ जना विदेशी खेलाडी समावेस छन् । पीएसएलले बिहीबार खेलाडीहरूको नामावली सहितको ड्राफ्ट सार्वजनिक गरेको हो ।

ड्राफ्ट अनुसार प्लाटिनममा पर्ने खेलाडीको मूल्य न्युनतम एक लाख ४७ हजार देखि अधिकतम दुई लाख १८ हजार डलर रहेको छ । यदी सन्दीप ड्राफ्टबाट छानिए भने उनले कम्तीमा एक लाख ४७ हजार अमेरिकी डलर पाउनेछन् ।

पीएसएलको ड्राफ्ट डिसेम्बरको पहिलो साता हुनेछ । सन्दीप पीएसएलको ड्राफ्टमा

लिगका लागि एक टोलीले पाँच जना विदेशी खेलाडी राख्न पाउनेछन् । पीएसएलमा लाहोर क्वालन्डर्स, इस्लामावाद युनाइटेड, कराची किङ्स, मुल्तान सुल्तान्स, पेसावर जल्मी र क्वेटा ग्लाडियर्टसले प्रतिस्पर्धा गर्नेछन् ।