सन्दीप लामिछाने भन्छन: सुशन भारी यो खेलका नायक हुन् - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सन्दीप लामिछाने भन्छन: सुशन भारी यो खेलका नायक हुन्



काठमाडौं- चौतर्फी चर्चाकाबीच नेपाली लेग स्पिनर तथा स्टार क्रिकेटर सन्दीप लामिछानेले खेलको सबै क्रेडिट सुशान भारीलाई दिएका छन्।

सन्दीपले भनेका छन्, ‘यो श‌ृङ्खलामा म भन्दा पनि सुशान भारीलाई धेरै क्रेडिट दिनुपर्छ ।’ यो खेलका नायक सुशन भारी नै हुन् ।

सुशानको प्रदर्शनबारे सन्दीपले भन्छन्, ‘किनकि, उसले जसरी चारै खेलमा आफ्नो एक रूपको प्रदर्शन दिएको छ। त्यो भविष्यमा अनुभव बटुल्दै जाँदा राम्रो खेलाडी बन्ने लक्षण हो।’

अमेरिकाविरुद्धको शानदार प्रदर्शनपछि सन्दीपले यस्तो बताएका हुन् । लामिछानेले टी- ट्वान्टीको प्रदर्शन हेरेर एक दिवसीयमा आशा गर्न नसकिनेपनि बताएका छन्।

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बुधबार सम्पन्न त्रिदेशीय अन्तर्राष्ट्रिय श‌ृङ्खलाको अन्तिम खेलमा सन्दीपले अमेरिकाविरुद्ध ६ विकेट लिए।

सन्दीपले ओमानको तारिफ गर्दै भने, ‘हामीले आफ्नो ‘बेस्ट’ दियाैं, तर उनीहरूले अझ राम्रो खेले।’

श‌ृङ्खलामा अपराजित ओमानविरुद्ध विकेट लिन नसक्नुमा अनुभवले प्रभाव पारेको उनि बताउँछन।

सन्दीपले भनेका छन्, ‘दुर्भाग्यवस ओमानविरुद्धको खेलमा विकेट लिन सकिएन। त्यसले गर्दा टिम पनि अलि ‘डाउन’ भयो,’ उनले भने, ‘तर, आलोचना खेलाडीको जीवनमा सँधै रहन्छ। त्यसैले म त्यसलाई प्रेरणाको रूपमा लिन्छु। र, यो आफूले कसरी लिने भन्ने कुरामा निर्भर हुन्छ।’

सुशानले श‌ृङ्खलाका ४ खेलमा ११ विकेट लिएका थिए। पहिलो खेलमा ओमानविरुद्ध ३ विकेट लिएका सुशानले दोस्रो खेलमा अमेरिकाविरुद्ध पनि ३ तथा चौथो खेलमा पुनः ओमानविरुद्ध १ विकेट लिएका थिए।

बुधबारको खेलमा अमेरिकालाई सीमित गर्न महत्त्वपूर्ण भूमिका खेलेका उनले ४ विकेट लिएका थिए।