अमेरिकी दूतावासले बोलायो सन्दीपलाई देला त भिसा? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अमेरिकी दूतावासले बोलायो सन्दीपलाई देला त भिसा?



काठमाडौं– अमेरिकाको प्रवेशाज्ञा (भिसा)का लागि आवेदन दिएका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतावासले पुनः बोलाएको छ ।

पहिलोपटक आवेदन गर्दा भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले सन्दीपलाई मंगलबार पुनः बोलाएको हो ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न सन्दीपले अमेरिकाको भिसा अप्लाइ गरेका थिए । तर, नेपालस्थित अमेरिकी दूतावासले भने भिसा आवेदन रद्द गरिदिएको थियो ।

आफूले दिएको भिसा आवेदन अमेरिकी दूतावासले अस्वीकार गरेकोमा आश्चर्य व्यक्त गर्दै सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएका थिए ।