सन्दीपले फेरि लिए विकेट - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सन्दीपले फेरि लिए विकेट



एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको क्लब मेलबर्न युनाईटेडले प्रतियोगितामा १० औँ जित निकालेको छ ।

मेलबर्नको घरेलु मैदानमा भएको खेलमा मेलबर्नले पर्थ स्कोर्चसलाई १० रनले पारजित गरेको हो ।

मेलबर्नले पर्थवलाई जितका लागि १४२ रनको लक्ष्य पर्थले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १३१ रन बनाउँन सक्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४१ रन बनाएको थियो ।

मेलबर्नका लागि सन्दीप लामिछानेले एक विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले २९ रन खर्चेर एक विकेट लिएका हुन् ।

यस सिजन सन्दीपले १० खेलमा १२ विकेट हात पारिसकेका छन् । मेलबर्न ११ खेलमा १० जितसहित २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

पर्थवरुद्ध जित निकाल्दै मेलबर्न उक्त जितको लय कायम राख्न चाहन्छ ।

पर्थ ११ खेलमा ५ जितसहित १० अंक जोडेर लिगको चौंथो स्थानमा रहेको छ ।