२४ घण्टामा जम्मा १८० संक्रमित थपिए: हेर्नुहोस पछिल्लो अवस्था - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

२४ घण्टामा जम्मा १८० संक्रमित थपिए: हेर्नुहोस पछिल्लो अवस्था



काठमाडौं – नेपाल पछिल्लो समय कोरोना संक्रमणको उच्च जोखिममा देखिएको छ । दिनहुँ सयौंको संख्यामा संक्रमित भेटिंदै गएपछि अवस्था चिन्ताजनक भएको विज्ञहरूले बताउने गरेका छन् ।

आज सोमबार पनि पछिल्लो २४ घण्टामा नेपालमा १८० जना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक गर्ने अपडेटमामा नेपालमा संक्रमित थपिएको बताइएको हो । यससंगै नेपालमा हालसम्म संक्रमितको संख्या १५९६४ पुगेको छन् ।

कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ६८११ पुगेको छ । नेपालमा ३५ जनाको कोरोनाकै कारण मृत्यु भैसकेको छ ।

पछिल्ला केहिदिन नेपामा हरेक दिन सयौंको संख्यामा संक्रमित थपिने क्रम जारी छ । भारतबाट नेपाल भित्रिनेहरूको संख्या पनि दिन प्रतिदिन बढ्दो छ भने कोरोनाको कहर पनि दिनप्रतिदिन बढ्दै छ ।

हरेक दिन ठुलो संख्यामा कोरोना संक्रमित भेटिन थालेपछि नेपालको अवस्था नाजुक बन्दै गैरहेको छ । एकातिर क्वारेन्टाइनबाट नै संक्रमण फैलिएको छ भने अर्कातिर अस्पतालमा आइसोलेसनको अभाव भैरहेको छ ।

हालसम्म विश्वभर संक्रमितको संख्या करिव १ करोड १५ लाख बढी पुगेको छ भने करिव ५ लाख ३७ हजार भन्दा बढीको मृत्यु भैसकेको छ । हालसम्म विश्वभर करिब ६५ लाख संक्रमित निको भएर घर फर्किसकेका छन् ।