संसारलाई नै स्तब्ध बनाएका १० तस्वीर (एक पटक हेर्नुहोस) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

संसारलाई नै स्तब्ध बनाएका १० तस्वीर (एक पटक हेर्नुहोस)



एजेन्सी, एउटा तस्वीरमा धेरै तथ्य लुकेको हुन्छ । त्यो तस्वीरले धेरै कुरा बोलेको हुन्छ । दुनियामा केहि यस्ता तस्वीरहरु खिचिएका छन्, जसलाई हेर्दा जो कोहीको आँखा रसाउन सक्छ । यस्ता छन् दुनियाको आँशु खसाउने १० तस्वीरहरु ः

१. एउटा बच्ची, जसलाई गिद्धले कुरिरहेको छ

यो तस्वीर सुडानको हो । गरिवी र भोकमरीले आक्रान्त भएको बेलाको सुडानी एक बच्चाको तस्वीर हो । यो फोटो दक्षिण अफ्रिकी फोटोग्राफर केविन कार्टरले खिचेका हुन् । यो तस्वीरमा भोकले आक्रान्त एक बच्चा लडिरहेको छ, जसलाई मरेपछि खानको लागि गिद्ध कुरिरहेको छ ।
यो फोटो २६ मार्च २०१६ मा न्यूयोर्क टाइम्समा छापिएपछि धेरैले त्यो बच्चाको बारेमा सोधखोज गरे । तर त्यो बच्चा कसको थियो र के भयो कसैले थाहा पाउन सकेनन् ।

२. टयांक म्यान

चीनको तियानमेन स्क्वायरमा एक दुव्ला पातला मानिस आउँछन् र गोली बारुदले भरिएको ट्यांकलाई रोक्ने प्रयास गर्छन् । यो ५ जुन १९८९ को घटना हो । त्यो बेला चीन सरकारले आफ्ना विरोधीलाई सकाउन गोली चलाएको थियो । यो घटनामा कति मान्छे मरे कति बाँचे केही लेखाजोखा छैन ।

यो भिडियो यूट्युवमा पाईन्छ । यसरी ट्यांकरलाई रोक्न खोज्ने मान्छे को हो ? किन रोक्न खोज्यो केही थाहा छैन । यो तस्वीर तथा भिडियोलाई जेफ वाइडनर, स्टुअर्ट फ्रैंकलिन, चार्ली कोल, आर्थर त्सांग हिन वाहले खिचेका हुन् ।

३. द नेपाम गर्ल

तस्वीरमा एक बालिका नांगै दौडिरहेकी छिन् । उनैलाई फोटो ग्राफरले द नेपाम गर्ल नाम दिएका हुन् । यो भियतनामको दृश्य हो । ८ जून १९७२ मा अमेरिकाले नेपाम बम खसाएको थियो । नेपाम भनेको एकदमै प्रज्वलनशील पदार्थ हो । यो आगोको लप्का जस्तै हुन्छ । यसले सबथोकलाई डढाएर कालो बनाईदिन्छ ।

अमेरिकाले बम खसाएपछि आएको मुस्लोबाट बच्न नांगै भाग्दै गरेकी बालिका त्यो समयमा ९ वर्षकी थिइन् । फोटोमा अन्य बालबालिका तथा सेनाहरु पनि भाग्दै गरेको देखिन्छ । फोटो पत्रकार निक अटले खिचेको यो तस्वीरले पुलिट्जर पुरस्कार समेत जितेको थियो ।

४. केनेडीको हत्याराको हत्या

अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्या भएको दुई दिन बितेको थियो । राष्ट्रपतिको हत्या गर्ने ली हार्वे ओसवाल्ड टेक्सस एक नाईट क्लवमा छिरेको दिन उनको हत्या भएको थियो । सो नाईट क्लवका मालिक जैक रुवीले राष्ट्रपतिको हत्या गर्ने हत्यारालाई चिन्ने वित्तिकै गोली हानेर मारेका थिए ।

त्यसैबेला फोटोपत्रकार रोवर्ट एचले गोली हान्ने वित्तिकै फोटो खिच्न भ्याएका थिए । यो फोटोले पनि पत्रकारलाई पुलित्जर पुरस्कार दिलाएको थियो ।

५. ह्वाइट कलर्ड

करिव ७५–८० साल अगाडि दुनियामा कालो र गोरो रंगको बहुतै ठुलो समस्या थियो । त्यो बेलाको एक बाथरुमको फोटो पत्रकारले खिच्न भ्याए ।

यो फोटोमा पनि सेता जातिको लागि फाल्टै र काला जातिको लागि अर्को कमोट व्यवस्था गरिएको थियो । यो फोटोमा सेता र काला जातिको विभेद देखाइएको छ । यो फोटोलाई इलियट अर्विटले सन् १९५० मा खिचेका हुन् ।

६. गुमनाम बच्चाको अन्तिम संस्कार

भारतको भोपाल ग्याँस दुर्घटना निकै भयानक थियो । यूनियन कार्वाइड इन्डिया लिमिटेडको ग्याँस लिक हुँदा बस्ती पुरै श्मसानघाट र्झैँ भएको थियो । २ डिसेम्वर १९८४ मा भएको सो दुर्घटनामा ४ हजार भन्दा बढि मानिको ज्यान गएको थियो ।

त्यसबेला मृत्यु भएका एक बालकलाई गाड्नु अगाडि चिहानमा राखेको तस्वीर खिचिएको थियो । त्यसबेला यो तस्वीर अत्यन्तै भाइरल बनेको थियो । यो तस्वीरलाई रघु रायले खिचेका थिए ।

७. द सांघाई बेबी÷ब्लडी सटर्डे

दोस्रो विश्वयुद्ध ताका चीन र जापानको युद्ध चलिरहेको थियो । सो युद्धमा जापानले साँघाई रेल्वे स्टेशनमा बमबारी गर्दा यी एक बच्चा रोईरहेको तस्वीर एच एस न्यूजरिलले वोङ्गले खिचेका हुन् । सो रेल्वे स्टेशनमा महिला तथा बालबालिका बढि थिए । यो फोटोको कारण चिनियामा जापानी सेनाप्रति प्रतिशोध जागेको थियो ।

८. २ वर्षे कोसोभो रिफ्युजी

दक्षिण–पुर्वी युरोपमा एक भूमि कोसोभो छ । जसलाई सर्वियाले आफ्नो भूमि मान्दै आएको छ । तर कोसोभो भने आफुलाई स्वतन्त्र बनाउन चाहन्थ्यो । सन् १९९९ मा धेरै कोसोभोका नागरिकहरु अल्वानियामा शरणार्थी भएर जाँदै थिए ।

कोसोभोका नागरिकले अर्को देशमा जानको लागि तारको जालीविचबाट बच्चा लैजाँदै गरेको यो तस्वीर कैरोल गजीले खिचेका हुन् । यो तस्वीरले कैरोललाई पुलिट्जर पुरस्कार समेत दिलाएको थियो ।

९ सिरियाली बच्चाको आत्मसमर्पण

सिरियामा गृहयुद्धले हालत एकदमै खराब बनाईसकेको थियो । २०१४ को डिसेम्वरमा तुर्कमिनिस्तानकी पत्रकार उस्मान सार्गिली एक क्याम्पमा गएकी थिईन् । सो क्याम्पमा उनले एक बच्ची देखिन् र फोटो खिच्नलाई क्यामरा तेर्साइन् ।

तर ति बच्चीले क्यामरालाई बन्दुक ठानिन् र दुवै हात उठाएर आत्मसमर्पण गरिन् । यो फोटोलाई गाजाका पत्रकार नादिया अबु शबनले जब पहिलो पटक सामाजिक सञ्जालमा सेयर गरिन् रातारात भाईरल बन्यो ।

१०. आयलान कुर्दी

यो तस्वीरले सबैको आँखामा आँशु ल्याउँछ । यो सिरियाली सरणार्थीलाई युरोप प्रवेश गर्न नदिँदा यो घटना भएको थियो । यो बच्चाको बाबु आमा सिरियाबाट लुकीछिपी युरोप जानेबेला बच्चालाई गुमाउन पुगेका थिए । जब उनीहरु युरोप जान डुंगामा चढे त्यो बेला डुंगा पल्टियो र आमा बाबुसंग छुटेर यो बच्चा बगरमा आइपुग्यो ।

सो दुर्घटनामा कति मानिस मरे टुंगो भएन । मर्नेमा आयलान कुर्दी नामको यी बालक पनि परे । भाग्यवश उनका बाबुआमा बाँचेका थिए । यो फोटोलाई निलुफर देमिसले खिचेका हुन् । यो फोटो बाहिर आएपछि मात्र यूरोपले सिरियाली शरणार्थीलाई यूरोप प्रवेशको ढोका खोलिदिएको थियो ।