ओलीले भने: देउवा र प्रचण्डले राष्ट्रपतिलाई महाअभियोग लगाउने सपना नदेख - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ओलीले भने: देउवा र प्रचण्डले राष्ट्रपतिलाई महाअभियोग लगाउने सपना नदेख



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने सपना नदेख्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन्। उनले महाभियोगको सपना नदेख्न चेतावनी दिएका हुन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि देउवा र प्रचण्डले महाअभियोग लगाउने चर्चा चलाइएको भन्दै त्यो असम्भव भएको र त्यस्ता सपना नदेख्न आग्रह गरेका हुन् । केन्द्रीय कमिटीको बैठमा बोल्दै ओलीले प्रतिगमन भएको भन्दै हल्ला चलाएर अहिले वास्तविक प्रतिगमन गरेको आरोप समेत लगाएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले अदालतको फैसला नै वास्तविक प्रतिगमन भएको बताएका छन् । उनले पहिले प्रतिगमनको हल्ला चलाएर पछी वास्तविक प्रतिगमन गरेको टिप्पणी गरे । पार्टीभित्र उत्पन्न विवाद र विभाजनको अवस्थालाई ओलीले माउसुलीको पुच्छर भएको बताए ।

माउसुलीले कहिलेकाहीँ पुच्छर आफै फाल्ने र केहि समयमै त्यसको पुच्छर पलाएर आउने भन्दै उनले अहिले आफूहरूले पुच्छर फालेको बताए । त्यस्तै ओलीले वरिष्ठ नेता नेपालले वर्गविरोधि तथा कम्युनिष्ट विचार र जनताका विरोधिसँग साँठगाँठ गरेको आरोप ओलीले लगाए । नेपालले गरेको गद्दारी गिनिज बुकमै लेखना लायक भएको उनको टिप्पणी थियो ।

उनले पार्टी एकतामा आउन सबैलाई आग्रह गर्ने बताए ।