सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-७१) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-७१)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

अथ त्रयोदशोध्यायः

श्रीभगवानुवाच
इदं शरीरं कौन्तेय क्षेत्रमित्यभिधीयते।
एतद्यो वेत्ति तं प्राहुः क्षेत्रज्ञ इति तद्विदः।।१।।
क्षेत्रज्ञं चापि मां विद्धि सर्वक्षेत्रेषु भारत।
क्षेत्रक्षेत्रज्ञयोर्ज्ञानं यत्तज्ज्ञानं मतं मत।।२।।

आज्ञा भो अनि कृष्णबाट सुन है यो देह नै क्षेत्र हो
यस्‌को तत्त्व यथार्थ बुझ्छ जसले त्यै व्यक्ति क्षेत्रज्ञ हो।
त्यो क्षेत्रज्ञ म हूँ र सब् शरीरमा मै बस्छु, जाने तिमी
यो क्षेत्रज्ञ र क्षेत्र जान्नु जुन हो, ज्ञान् भन्नु त्यै हो अनि।।१।।

तत्क्षेत्रं यच्च यादृक्च यद्विकारी यसश्च यत्।
स च यो यत्प्रभावश्च तत्समासेन मे शृणु।।३।।

के हो क्षेत्र र त्यो छ कुन् किसिमको ? कस्तो छ उस्‌को रूप ?
त्यस्‌का छन् कति के विकार ? र कता केबाट के बन्दछ ?
त्यो क्षेत्रज्ञ छ को ? प्रभाव उसको कस्तो छ ? यो सब् अब
भन्दै छू म खुलस्त सूत्र रूपमा, हे मित्र ! राम्रो सुन।।२।।

ऋषिभिर्बहुधा गीतं छन्दोभिर्विधैः पृथक्।
ब्रह्मसूत्रपदैश्चैव हेतुमद्भिर्विनिश्चितैः।।४।।

गाएथे ऋषिवर्गले जुन कुरो नाना रकम्‌ले अघि
चारै वेद मिलेर भिन्न रूपले गाए ठूलो प्रेम ली।
युक्तिपूर्वक ब्रह्मसूत्र पदले जे सिद्ध गर्दै हिँडे
तिम्रा निम्ति यहाँ तिनै सब कुरा गर्दै छु सङ्क्षेपले।।३।।

(क्रमशः)