सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-९८) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-९८)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

अध्येष्यते च य इमं  धर्म्यं संवादमावयोः।
ज्ञानयज्ञेन तेनाहमिष्टः स्यामिति मे मतिः।।७०।।
श्रद्धावाननसूयश्च शृणुयादपि यो नरः।
सो
पि मुक्तः शुभाँल्लोकान्प्राप्नुयात्पुण्यकर्मणाम्।।७१।।

जस्‌ले पढ्दछ पार्थ ! धर्ममय यो संवाद हाम्रो शुभ
त्यस्‌द्वारा बुझ ज्ञानयज्ञ विधिले पूजित् म छू निश्चित।
श्रद्धायुक्त बनेर द्वेष नलिई जुन् व्यक्तिले सुन्दछ
त्यै व्यक्ति पनि जान्छ मुक्त बनिई स्वर्गादि लोकैतिर।।३७।।

कच्चिदेतच्छुतं पार्थ त्वयैकाग्रेण चेतसा।
कच्चिदज्ञानसंमोहः प्रनष्टस्ते धनंजय।।७२।।
अर्जुन उवाच
नष्टो मोहः स्मृतिर्लब्धा त्वत्प्रसादान्मयाच्युत।
स्थितो
स्मि गत सन्देहः करिष्ये वचनं तव।।७३।।

मन् एकाग्र गरी सुन्यौ कि तिमीले मैले भनेका कुरो ?
आज्ञानाश्रित मोह जो छ मनको उस्तै छ वा क्यै घट्यो ?
भन्छन् अर्जुन मोह नष्ट बनियो नाथ्‌का कृपाले, अब
निःसन्देह भएँ फिऱ्यो स्मृति सबै आज्ञा शिरोधार्य छ।।३८।।

संजय उवाच
इत्यहं वासुदेवस्य पार्थस्य च महात्मनः।
संवादमिममश्रौषमद्भुतं रोमहर्षणम्।।७४।।
व्यासप्रसादाच्छ्रुतवानेतद्गुह्यमहं परम्।
योगं योगेश्वरात्कृष्णात्साक्षात्कथयतः स्वयम्।।७५।।
राजन्संस्मृत्य संस्मृत्य संवादमिममद्भुतम्।
केशवार्जुनयोः पुण्यं हृष्यामि च मुहुर्मुहु।।७६।।

भन्छन् सञ्जय कृष्ण पार्थ दुइको संवाद यो अद्भुत
पाई सुन्न म हर्ष गद्‌गद भएँ, साह्रै छु रोमाञ्चित।
पाई दुर्लभ दिव्य दृष्टि मुनिवर् व्यास्‌का कृपाले गरी
देख्तै छू रणभूमि स्पष्ट रूपले साम्ने भएकै सरी।।३९।।
यो योगेश्वर कृष्णले विजयका सामू भनेको कुरो
कृष्णैबाट सुनेर त्यै सब टिपी मैले भनेको हूँ यो।
श्रीकृष्णार्जुनको रहस्यमय यो संवाद पुण्यप्रद
सम्झी, सम्झी म बन्दछु अतिशयै आनन्दले गद्‌गद।।४०।।

तच्च संस्मृत्य संस्मृत्य रूपमत्यद्भुतं हरेः।
विस्मयो मे महान्‍राजन्हृष्यामि च पुनः पुनः।।७७।।
यत्र योगेश्वर: कृष्णो यत्र पार्थो धनुर्धरः।
तत्र श्रीर्विजयो भूतिर्ध्रुवा नीतिर्मतिर्मम।।७८।।

त्यस्तो अद्भुत विश्वरूप हरिको सम्झी सदा हे नृप !
रोमाञ्चित् पनि हुन्छु, हर्षित म छु, विस्मित छु गद्‌गद।
जुन् ठाउँ हुनुहुन्छ कृष्ण र धनुर्धारी ती अर्जुन् पनि
मान्छु श्री, दृढ नीति, भूति, विजयै त्यै ठाउँ हुन्छन् भनी।।४१।।

तत्सदिति श्रीमद्‌भगवद्‌गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे मोक्षसंन्यासयोगो नामाष्टदशोध्यायः।।१८।।

जीवनाथउपाध्यायअधिकारी कृता सरलगीता समाप्ता

~The End~