नेपालमा कोरोना संक्रमित सात जना पुगे - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेपालमा कोरोना संक्रमित सात जना पुगे



काठमाडौं- कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण भएको पुष्टि भएको छ । यस सँगै नेपालमा कोरोना सङ्क्रमित सात जना पुगेका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।

बिहिबार मात्र बाग्लुङ जिल्लामा छैठौँ संक्रमित भेटिएकी थिइन् ।

कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो ।

ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि पठाइएको प्रदेश सरकारले जनाएको छ ।