सयभन्दा बढी देशमा चल्छन् नेपाली सिम - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सयभन्दा बढी देशमा चल्छन् नेपाली सिम



हिमाल पोष्ट / पुस १३ , काठमाडौं ।  नेपालका दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा विस्तार गर्दै लगेका छन् । नेपाल टेलिकमले ७२ र एनसेलले एक सय १० मुलुकमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएका छन् ।

सेवा प्रदायकहरूले अन्तर्राष्ट्रिय रोमिङको दायरा बढाउँदै र ट्यारिफ घटाउन थालेपछि अन्तर्राष्ट्रिय रोमिङ सेवाका उपभोक्ताको संख्या पनि बढेको छ । व्यक्तिगत वा व्यावसायिक कामले विदेश गइरहने प्रयोगकर्ताले अहिले मोबाइलमा सिमकार्ड परिवर्तन गर्नुपर्ने अवस्था छैन ।

कामविशेष वा भ्रमण गर्न छोटो समयका लागि विदेश जाने जोसुकैले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिन उपयुक्त हुन्छ । यसका लागि सम्बन्धित कम्पनीमा गएर अन्तर्राष्ट्रिय रोमिङ सेवा लिनुपर्छ । कम्पनीअनुसार सर्त र नियम फरक–फरक हुन्छन् ।

यस्तो मूल्य विभिन्न कम्पनी र तिनका प्याकेजअनुसार फरक–फरक हुन्छन् । खर्चिलो हुने भएकै कारण उच्च आय भएका व्यक्तिले मात्रै अन्तर्राष्ट्रिय रोमिङ सेवा लिने गरेको सेवा प्रदायकले जनाएका छन् ।

नेपाल टेलिकमले सन् २००३ मा भारतको मुम्बईबाट सुरु गरेको अन्तर्राष्ट्रिय रोमिङ सेवा अहिले ७२ वटा मुलुकमा उपलब्ध छन् । निजी क्षेत्रको मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको अन्तर्राष्ट्रिय रोमिङ सेवा ११० मुलुकमा उपलब्ध छन् । यसका लागि कम्पनीले ती मुलुकका कुल ३३८ वटा सेवाप्रदायकसँग सम्झौता गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।