अत्यधिक चिसोका कारण तिन दिन घोडाघोडीका विद्यालय बन्द - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

अत्यधिक चिसोका कारण तिन दिन घोडाघोडीका विद्यालय बन्द



सुखड,कैलाली । घोडाघोडी नगरपालिकाले तिन दिन नगरका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । अत्यधिक चिसो बढेकाले पठनपाठनमा समस्या भएको भन्दै नगरपालिकाले पौष १४ गते देखी १६ गते सम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयहरु सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मौसम प्रतिकूल भएकाले विद्यालयको सञ्चित बिदा बाट घटाउने गरी ३ दिन नगर भित्रका सामुदायिक एवम निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंहले हिमाल पोस्टलाई जानकारी दिए । शिक्षा सम्बन्धित पदाधिकारी र विद्यालयका प्रधानाध्यापकहरु बिच आज भएको बैठकले बिदा दिने निर्णय गरेको सिंहले बताए ।

चिसो बढ्दै गएपछि विद्यालयको विद्यार्थीको संख्या समेत न्यून उपस्थिति हुदै आएको थियो । अत्याधिक चिसोका कारण यहाँको जनजिवन समेत प्रभावित बन्दै गएको छ ।