फेशनको दुनियामा नयाँ युगको थालनी ‘ब्युटी पेजन्ट एंड द विनर इज ….२०१७ सिजन टू ‘ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

फेशनको दुनियामा नयाँ युगको थालनी ‘ब्युटी पेजन्ट एंड द विनर इज ….२०१७ सिजन टू ‘



हिमाल पोस्ट /पुस २१ 

आज भोलि युवाहरू भन्ने बित्तिकै विदेशिने प्रक्रिया धेरै छ | तर केही युवाहरू मिलेर बदलिदो समयमा आएको मोडलिंग क्षेत्रमा आएका विकृति र विसंगतिलाई हटाउनका लागि म्याजिक मसरूम मिडिया प्रा.लिई. काठमाडौँले ‘ब्युटी पेजन्ट एंड द विनर इज २०१७ सिजन टू ‘ को आयोजना गर्ने भएको छ |

जसले फेशन को दुनियामा नयाँ आयामको खोजी गरेको छ | यसले मोडलिंगमा लाग्नेहरुका लागि सुन्दरता मात्र हैन सुन्दरतासंगै बौद्धिक क्षमता पनि आवश्यक छ भन्ने कुरा प्रमाणित गर्न खोजेको छ | यसको मूल उद्येश्य भनेकै हाम्रो समाजले फेशन क्षेत्रलाई नकारात्मक दृष्टिले हेर्ने परम्परामा सकारात्मक परिवर्तन ल्याई फेशनको दुनियामा नयाँ युगको थालनी गर्नु रहेको छ | यस प्रतियोगितामा सहभागी हुनेहरुको आफ्नो सपनालाई साकार रूप दिन आवश्यक पर्ने व्यक्तित्व विकासका लागि निम्न तालिमहरु प्रदान गराइनेछ |
– र्याम्प वल्क
– स्टेज प्रफमेन्स , उद्धघोषण
– फोटोग्राफी
– नेपाली विशेषज्ञहरुबाट श्रीगार तालिम
– योगा, फिटनेस , कसरत
– सामाजिक कार्यमा संलग्न गराउने
– आत्मबिश्वास , नेतृत्व विकास तालिम
– अभिनय, सर्ट मुभिज
– ग्रूमिंग र व्यक्तित्व विकाश तालिम
– सेलेब्रिटी गेस्ट क्लास
– भ्रमण

यस प्रतियोगिताका बिजयीहरुले म्याजिक मसरूम मिडिया कम्पनीको एक वर्षका ब्रान्ड अम्बेसेडोर बन्ने अवसर प्राप्त गर्नुका साथै म्युजिक भिडियो, मुभिज , फेशन सो र विभिन्न बिज्ञापनहरुमा खेल्न पाउनेछन् | यसका अतिरिक्त बिजयिहरुले नगद पुरस्कारका साथै अन्य विभिन्न उपहारहरु पनि प्राप्त गर्नेछन् | यस प्रतियोगिताको लागि फारम खुलिसकेको छ | यसमा भाग लिन चाहने इच्छुक महानुभाबहरुले म्याजिक मशरुम मिडिया , संखमुल बानेश्वोर मा सम्पर्क गर्न सक्नु हुन्छ |
कार्यक्रमको कोरियोग्राफर प्रकाश सिह र निशा श्रेष्ठले गर्ने छन् भने कार्यक्रम संयोजक प्रदिप महर्जनले गर्ने आयोजक टिमले बताएका छन् ।