गृहमन्त्रीले बिहानै किन डाके ७७ जिल्लाका सुरक्षा प्रमुख ? - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

गृहमन्त्रीले बिहानै किन डाके ७७ जिल्लाका सुरक्षा प्रमुख ?



काठमाडौँ- गृहको कमाण्ड सम्हालेपछि सक्रिय बनेका रवी लामिछानेले ७७ वटै जिल्लाको सुरक्षा व्यबस्था कडा पार्न बैठक बोलाएका छन् । सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूलाई बैठकमा आमन्त्रण गरिएको छ ।

उपप्रधानमन्त्री समेत रहेका लामिछानेले सोमबार बिहान ९ बजेका लागि बैठक बोलाएका हुन् । बैठक भर्चुअल माध्यमबाट गरिने बताइएको छ ।

गृहमन्त्री लामिछानेको निर्देशनपछि बोलाइएको उक्त बैठकमा प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समितिमा रहेका पदाधिकारी र जिल्ला सुरक्षा प्रमुखहरूको सहभागिता रहनेछ ।

आम नागरिकले सरकारी सेवामा सास्ती भोगिरहेको ब्यापक गुनासो आइरहेको बेला लामिछानेले बोलाएको बैठकलाई महत्वका साथ हेरिएको छ । बैठकमा जनताले भोगिरहेको असुविधा, शान्तिसुरक्षा, बजार अनुगमन र भ्रष्टाचार लगायतका विषय समेटिनेछन् ।

गृहमन्त्रीको सपथ लिएपछि एकपछि अर्को लोकप्रिय कामको थालनी गरेका लामिछानेले यसअघि प्रहरीमा देखिएको राजनीतिकरणलाई निरुत्साहित गर्ने निर्णय गरेका थिए ।