एसपीपीको यथार्थ बाहिर ल्याउन सर्वदलीय बैठक बोलाउँदै देउवा - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

एसपीपीको यथार्थ बाहिर ल्याउन सर्वदलीय बैठक बोलाउँदै देउवा



काठमाडौं- अमेरिकी स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी)बारे छलफल गर्न सर्वदलीय बैठक बोलाइने भएको छ । सडकदेखि सदनसम्म विवादित बनेपछि एसपीपीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइने भएको हो ।

आइतबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई सर्वदलीय बैठक बोलाएर यसबारे यथार्थ जानकारी गराउनुपर्ने बताएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेताहरुको सुझावमा प्रधानमन्त्री देउवा सहमत भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए ।

उनले एसपीपीबारे अहिले अन्योल रहेको भन्दै यसको वास्तविकता के हो भन्नेमा सर्वदलीय बैठक बोलाएर छलफल गर्न प्रधानमन्त्री सहमत भएको बताएका हुन् ।

‘यथार्थ जनतामाझ ल्याऊ भनेर प्रधानमन्त्रीजीलाई भनेका छौ’, अध्यक्ष नेपालले भने, ‘उहाँले हुन्छ भन्नुभएको छ ।’ नेताहरुकाअनुसार चाँडै सर्वदलीय बैठक बोलाएर एसपीपीबारे वास्तविकता बाहिर ल्याइने भएको छ ।

आइतबार बिहान एकीकृत समाजवादीका अध्यक्ष नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, समाजवादीकै नेता झलनाथ खनाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु प्रधानमन्त्री देउवासँग छलफलका लागि बालुवाटार पुगेका थिए ।