जुन खेललाई माया गर्छु त्यही खेलबाट प्रतिबन्धित गरिएको छ: शकिब - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जुन खेललाई माया गर्छु त्यही खेलबाट प्रतिबन्धित गरिएको छ: शकिब



एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले बंगलादेशका कप्तान तथा एकदिवसिय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा रहेका शकिब अल हसनमाथि मंगलबार प्रतिबन्ध लगाएको छ । प्रतिवन्धपछि हसनले आफूमाथि लागेको प्रतिबन्ध स्वीकार भएको प्रतिकृया दिएका छन् ।

उनीमाथि लागेको प्रतिबन्ध सबै फर्म्याटमा लागु हुनेछ । आइसिसीले उनलाई एकवर्षको निलम्वन सहित २ वर्षे प्रतिबन्ध लगाएको हो । भ्रस्टाचार विधोधी नियमको ३ बुँदा उल्लङ्घन गरेको हसन आफैले स्वीकार गरेपछि प्रतिबन्ध लगाएको आइसीसीले जनाएको छ ।

आइसीसीका अनुसार शकिबलाई म्याच फिक्सङका लागि म्याच फिक्सरहरुले सम्पर्क गरेका थिए तर उनले यसको जानकारी आइसीसीलाई दिएका थिएनन् ।

‘मलाई यो विषयमा धेरै दुख लागेको छ कि म जुन खेललाई माया गर्छु त्यही खेलबाट मलाई प्रतिबन्धित गरिएको छ । तर, मलाई आएका (फिक्सिङका) प्रस्तावहरुको जानकारी आइसिसीलाई नदिएको कारण म आफूमाथि लागेको प्रस्ताव स्वीकार गर्छु,’ हसनले भनेका छन्, ‘भ्रस्टाचार विरोधी लडाँइमा आइसिसीको एसियू (भ्रष्टाचार विरोधी इकाइ) को भूमिका खेलाडीको भूमिकामा पनि निर्भर रहन्छ । तर, यस विषयमा मैले आफ्नो भूमिका निभाउन सकिन ।’

शकिवले आफू एसियूसँग काम गर्न इच्छुक रहेको समेत बताएका छन् । शकिव माथि आइसीसीले ३ वटा बुँदामा भ्रष्टाचारको आरोप लगाएको छ । उनमाथि आइसीसीको आर्टिकल २.४.४ अन्तर्गत रहेर प्रतिबन्ध लगाएको हो ।