शंकर पोखरेलविरुद्ध बिमलाले हालेको मुद्दा प्रहरी कार्यालयबाटै गायब - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

शंकर पोखरेलविरुद्ध बिमलाले हालेको मुद्दा प्रहरी कार्यालयबाटै गायब



काठमाडौं- आफूलाई अपहरण गरेर बन्धक बनाएको भन्दै लुम्बिनी प्रदेशसभा सदस्य बिमला ओलीले पूर्वमुख्यमन्त्री तथा एमाले नेता शंकर पोखरेलसहित चार जनाविरुद्ध बुटवल प्रहरीमा किटानी जाहेरी हिएकी थिइन् । बुटवल प्रहरीले दर्ता नगरेर दाङ प्रहरीलाई इमेलमार्फत पठाएको उक्त उजुरी अहिले गायव पारिएको छ।

पोखरेलविरुद्ध रुपन्देही प्रहरीमा वलीले दिएको अपहरण तथा शरिर बन्धक सम्बन्धी मुद्दा नै गायब भएपछि हल्लाखल्ला मच्चिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार अहिले यो मुद्दा गायब छ ।

प्रहरीका अनुसार यि दुबै कार्यालयमा अहिले त्यो मुद्दा छैन । सुरुवातमा घटना क्रम दाङबाट सुरु भएकाले यो मुद्दा दाङ प्रहरीले हेर्नु पर्ने तर्क प्रहरीले राखेको थियो । बुटवल प्रहरीका अनुसार दाङबाटै सुरु भएको घटना भएकाले जिल्ला प्रहरी कार्यालय दाङमै मुद्दा पठाईदिएको बताउँछ ।

रुपन्देही प्रहरीले दाङ प्रहरीलाई ईमेल मार्फत उक्त मुद्दा पठाएको दाबी गरेपनि अहिले भने यि दुवै ठाउँमा मुद्दा गायब पारिएको छ । बुटवलले दाङमा पठाएको भनिएको उक्त मुद्दा दाङमा पनि भेटिएको छैन ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पोखरेलसहित चार जनाविरुद्धको जाहेरी कतैबाट पनि कार्यालयमा पुगेकै छैन । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, एसपी सुरेश प्रसाद काफ्लेले अहिले सम्म पोखरेलविरुद्धको मुद्दा कतैबाट पनि कार्यालयमा आईनपुगेको बताएका छन् ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी केसीले मुद्दा पठाईसकेको भन्दै दिएको जानकारीका सम्बन्धमा भने काफ्लेले उक्त भनाईका बारेमा आफूलाई केहि थाहा नभएको बताएका छन् ।

विभिन्न बहानामा दुवै प्रहरी कार्यालयले मुद्दा आफूहरूसंग नआएको बताइरहँदा सांसद वलीले भने पावर को आडमा पोखरेलले चलखेल गरेको बताउन थालेकी छन् । उनले प्रहरीले यसअघि नै दिईसकेको जाहेरीमाथि कुनै ‘एक्सन’ नलिए पुनः आफू स्वयं प्रहरीमा पुगेर जाहेरी दिने योजनामा सांसद बिमला छिन्।

सांसद बिमलाले साउन अन्तिम साता आफूलाई पोखरेलसहित एमाले लुम्बिनी प्रदेशका प्रमुख सचेतक भुमिश्वर ढकाल, पोख्रेलको सचिवालयका तिरन गौतम र एमाले दाङका जिल्ला नेता मानबहादुर रावतले दाङबाट अपहरण गरि बुटवल पुर्‍याई बन्धक बनाएर राखेको आरोप लगाएकी थिईन् ।