महासचिव शंकर पोखरेलले उठाए प्रहरी अनुसन्धानमाथि प्रश्न - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

महासचिव शंकर पोखरेलले उठाए प्रहरी अनुसन्धानमाथि प्रश्न



काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रहरी अनुसन्धानमाथि प्रश्न उठाएका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरीले बुझाएको प्रतिवेदनमाथि प्रश्न उठाएका हुन् ।

महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत सक्कली संलग्नलाई उन्मुक्ति दिएको जिकिर गरे । ‘काँक्राचोरले काँक्रा आफूले खाएर बिया सोझा गाउँले किसानको अनुहारमा टाँसिदिएर चोरको आरोप लगाएजस्तो बनाइएछ नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान,’ उनले भनेका छन् ।

साथै उनले अनुसन्धान प्रतिवेदनलाई नाटक भनेका छन् । महासचिव शंकर पोखरेल अगाडि लेख्छन्, ‘सत्ता स्वार्थका लागि गरिएको यो लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुनेनै छ ।’ यसअघि मंगलबार पनि उनले अभियुक्तको नामै लिएको अडियो/भिडियो सार्वजनिक हुँदा पनि सम्बन्धित व्यक्तिलाई छानबिन नगरिएको भन्दै असहमति जनाएका थिए ।