समाजसेवी र दलाल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

समाजसेवी र दलाल



-शान्ति खनाल 

समाजसेवी र दलालको बीचमा कुरा आउदा समाजसेवी पनि दलाल भन्दा केहि कम लाग्दैन ।

हामी नेपाली नेपालबाट अर्को देशमा आएर राजनीति बढी र सामाजिक काम कम गर्दै छौ । दिल्लीमा पनि धेरै संघ  सस्था  छन् जो कि समाजसेवा कम र राजनीति ज्यादा गर्ने गर्छन ।

ठिक छ राजनीति गर्नुस तर अर्काको जिन्दगी संग खेलवाड नगर्नुस ।यदि समाजसेवा नै   गर्नु छ   भने आफ्नो देशमा  गयर गर्दा राम्रो होला ।बाहिर समाजसेवा    भित्र अरुको जिन्दगी संग खेलवाड गर्ने यदि समाजसेवी भए त पहिला   आफ्नो परिवारलाई सुख दिनु  पर्यो नि ।

हुन त दलाल र समाजसेवीको दोष देखाउदीन आजभोलीका दीदी बहिनि पनि पैसामा बिक्न थाले ।राम्रो बाटो देखाउदा पनि  त्यो बाटोमा जना मान्दैनन ।नाम मात्र भएर भएन काम पनि देखाउन पारो आखिर सच्चा  समाजसेवीको ।

समाजसेवी बन्न कुनै नेता बन्नु जरुरि छैन जस्तो मलाई लाग्छ यदि समाजसेवी नै  बन्ने हो भने गाउँ गाउँमा जाउ र गरिवको सेवा गरौ ।विदेशमा हामि कम गर्न आयको   हो देश चलाउन   हैन ।हामि जति बेला पनि देशको नेतालाई दोष दिन्छौ आखिर हामि    एक जुट भयौ भने कसले    के नै गर्न सक्छ र ! आफ्नो देश परिवर्तन गर्नलाई ,नेतालाई मात्र दोष दियर हुदैन हामि  पनि केहि गर्नु पर्छ।

तेसैले हामि हरेक दिन बिदेशमा बसेर नया सस्था खोल्दैमा केहि हुदैन बरु एउटा सस्था होस तर मिलेर गर्नु पर्छ ।एक अर्काको खुट्टा तानेर हैन हातमा हात मिलाएर काम गर्नु पर्छ ।